पूर्वाञ्चल खबर
इटहरी / इटहरीमा जारी दोस्रो मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधी विभागीय टिम त्रिभुवन आर्मी क्बल काठमाडौं आत पारेको छ ।
आज इटहरीमा सम्पन्न फाइनल खेलमा राष्ट्रिय लिग च्याम्पियन मनाङ मस्याङ्दी काठमाडौं लाई २–० गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधी कब्जा गरेको हो । पहिलो हाफदेखि आक्रामक खेल खेलेको आर्मीले खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेको थियो। खेल सुरु भएको ५ औं मिनेटमै आर्मीका लागि टंक बस्नेतले पहिलो फ्रि कीकको सदुपयोग गर्दै सानदार गोल गरे । सुरुवाती समयमै गोल खाएको मनाङलाई दवाव परेको थियो । सुरुदेखि नै १–० को गोल अन्तरले पछि परेको मनाङ पहिलो हाफभरि लयमा खेल्न सकेन । मनाङका आशाको रुपमा रहेको विदेशी खेलाडी अफिज ओलाओलेले मैदानमा राम्रो खेल्न सकेनन् ।
दोस्रो हाफको २५ औ मिनेटमा अफिज ओलाओलेले रातो कार्ड पाएर मौदान बाहिरिए पछि मनाङ दवावमा आएको थियो । ओलाओलेले आर्मीको गोल किपर विकेश कुथुलाई फल गदौ रातो कार्ड पाएका थिए । दोस्रो हाफको ५४ औं मिनेटमा भरत खवासले डुब्लीङ गदै उत्कृष्ट गोल गरी टिमलाई ,जितको सुनिश्चिता गरे । खेल अवधिभर पहेलो कार्डको वर्षा भएको थियो। खेलको म्यान अफ द फाक्ष्नल आर्मीका विमल पाण्डे घोषित भए उनले नगद १० हजार पाए। त्यस्तै बेष्ट गोलकिपरमा आर्मीका विकेश कोथु बने उनले नगद २० हजार पाए। सर्वाधिक गोलकर्तामा आर्मीकै भरत खवास घोषित हुँदै २५ हजार पाए उनी वेष्ट फर्रर्वड समेत घोषित हुदै नगद २० हजार पाए। वेष्ट डिफेण्ड मनाङका सुरज विकले पनि २० हजार पाए। वेष्ट मिडफिल्डर आर्मीका सन्तोष तामाङ भए २० हजार पाए। उदयमान खेलाडीमा आयोजक राष्टिय जागृति क्लब इटहरीका उमेश राई घोषित हुदै २४ इन्चको एलइडी टिभी पाए। खेल अवधिभर उत्कृष्ट खेल उपाधिमा त्रिभुवन आर्मीका टंक बस्नेत घोषित भए। उनले २५ हजार नगदसहित ४२ इन्चको टिभि पाए। वेष्ट कोचमा त्रिभुवन आर्मीका चुनबहादुर लामा घोषित हुदै २० हजार नगद पाएका छन् ।
प्रतियोगिताको विजेता त्रिभुवन आर्मी क्बल काठमाडौंले नगद १६ लाख र उपविजेता मनाङले ८ लाख नगद पाएको प्रतियोगिताको संयोजक कोवित कार्कीले बताए। उनले भने प्रतियोगिता राम्ररी सफल भयो। कार्यक्रमका प्रमुख अतिथि राष्टिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले खेललाई आगामी वर्षमा जननेता मदन भण्डारीको नाममा थप बजेट हालेर पुरस्कार राशी बढाउँने बताए। उनले भने, ’इटहरीलाई स्पोर्टस सिटी बनाउन आफूहरू लागएिको छ ।’ प्रदेश एकमा मात्र नभई देशभरिकै सबै भन्दा धेरै पुरस्कार राशीको प्रतियोगिता गर्ने तयारी रहेको उनको भनाई थियो।