AArya
RUMPUM
animated ellipse animated ellipse

पाठेघरमा रहेको साढे ३ किलोको ट्युमरको मोरङ सहकारी अस्पतालले ग¥यो सफल शल्यक्रिया

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ माघ २०७५, शुक्रबार १९:०८
3
Shares
विराटनगर / सामान्य एक महिलाको पाठेघरमा साढे ३ किलोको ट्युमर फेला परेपछि मोरङ सहकारी अस्पतालका डाक्टर अचम्मित भएका छन् । सामान्य पेट दुखेको आधारमा अस्पताल चेकजाँचमा आएकी विराटनगर–८ अमरटोलकी एक महिलाको पेटबाट यति ठूलो ट्युमर निकालिएको हो ।

मोरङ सहकारी अस्पतालमा एक हप्ता सामान्य पेट दुखेर विराटनगरस्थित चेकजाँचमा आएकी विराटनगर ८ की सुशीला साहको पाठेघरबाट साढे ३ किलोको ट्युमर निकालियो । डाक्टर बालकृष्ण साहको नेतृत्वको टोलीले १ घण्टा लगाएर उक्त ट्युमर निकालेको हो । यो एक किसिमको बिनाइन ट्युमर हो यसलाई मायोमा पनि भनिन्छ । यो क्यान्सर नहुने ट्युमर भएपनि यस्तो ट्युमर भएका १ सय जनामा १ जनासम्मलाई क्यान्सर हुन सक्ने डाक्टर साहको भनाइ छ ।

‘सुरुमा महिलाको पाठेघरमा ३० हप्ताको गर्भ जस्तो देखियो,’ डाक्टर साहले भने, ‘चेकजाँचका क्रममा यति ठूलो ट्युमर देखियो र सर्जरी गरेर निकालियो ।’ डाक्टर साहका अनुसार यस्तो ट्युमरले क्यान्सरको जोखिम हुँदैन तर, १ सय मा १ जनालाई क्यान्सरको जोखिम पनि हुनसक्छ । ‘यति ठूलो ट्युमर हुनु भनेको असामान्य केस हो, ट्युमर हुन्छ तर यति ठूलो हुनु सामान्य होइन,’ साहले भने ।

विरामीका आफन्तले पनि यति ठूलो ट्युमर निकालेपछि अचम्ममा परेको प्रतिक्रिया दिएका छन् । सहकारी अस्पतालको अपरेसन थिएटरबाट निकालिएर पोष्ट अपरेटिभ वार्डमा सुशीलाको थप उपचार भइरहेको छ । अस्पतालमा भेटिएका सुशीलाका आफन्त सुनिलकुमार रायले अस्पताल आउन नमान्दा नमान्दै अस्पताल ल्याएको र यति ठूलो ट्युमर देखेर आफूहरु अचम्मित भएको बताए ।

पाठेघरको ट्युमर किन हुन्छ भन्ने कुरा धेरैका लागि अहिले पनि खोजको विषय बनेको छ । अझ भनौ, विभिन्न अनुसन्धानहरुका बाबजुद यसको कारण अझै पत्ता लाग्न सकेको छैन । डाक्टरहरुका अनुसार वंशाणुगत कारण तथा महिलाहरुको शरीरमा इस्ट्रोजन हर्मोनको उत्पादन आवश्यक्ता भन्दा बढी भएमा पनि पाठेघरमा ट्युमर पलाउन सक्छ । त्यस्तै, धुमपान तथा मदिरापानले पनि शरीरमा विभिन्न किसिमको क्यान्सर गराउन सक्ने हुदाँ यसको प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध पाठेघरको मुखको क्यान्सरसित पनि हुने गर्छ । जसका कारण महिलाहरूले नियमित पाठेघरको परीक्षण र कुनै प्रकारको ट्युमर भएकाहरूले ‘फलोअप’ मा रहनु बुद्धिमानी हुने डाक्टर साहको सल्लाह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर