RUMPUM
animated ellipse animated ellipse

सवारी दुर्घटनामा २ को मृत्यु १ घाइते

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ माघ २०७५, शुक्रबार १५:३०
3
Shares

झापा / झापाको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

झापा अर्जुनधारा नगरपालिका -९ मगर टोलमा स्कुटर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । हिजो बेलुका साढे ५ बजे पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको आउदै गरेको मे १० प ४२७१ नम्बरको स्कुटर आँफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटरमा सवार चालक अर्जुनधारा नगरपालिका ६ का ३७ वर्षिय घनेन्द्र राई पछाडी सवार निजको श्रीमती ३३ वर्षकी लक्ष्मी राई घाईते भएका थिए । दुर्घटनाबाट घाइते दुवै जनालाई उपचारको लागी बि. एण्ड. सी. अस्पताल विर्तामोड पठाएकोमा गम्भीर घाइते स्कुटरको पछाडी सवार लक्ष्मी राईको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । अर्का घाइते राईलाई उपचार पश्चात प्रहरीको नियन्त्रणमा राखिएको छ ।

यता झापाकै कमल गाउँपालिका ५ सितापुरी चोकमा ट्याक्टरबाट लडेर सह चालकको मृत्यु भएको छ । हिजो साँझ पौने ८ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ त ५०४२ नम्बरको ट्याक्टरबाट लडेर झापा शिवसताक्षी नगरपालिका २ का २० वर्षिय सुमन बेस्रा (सतार) अचानक ट्याक्टरबाट लडेर घाइते भएका थिए । ट्याक्टर लडेर गम्भीर घाइते भएका बेस्रालाई उपचारको लागि दमक स्थित लाईफ लाईन अस्पताल पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनएको छ । ट्याक्टर र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको दमक प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर