AArya
RUMPUM
animated ellipse animated ellipse

मापसे गरी आमाको हत्या गर्ने छोरा पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ माघ २०७५, शुक्रबार १५:१८
3
Shares
ओखलढुंगा / ओखलढुंगाको चम्पादेवी गाउँपालिका ५ खरिया स्थित सिस्नेपानी भन्ने ठाउँमा आफ्नै आमाको हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीवार बेलुका ६ बजे २८ वर्षीय टंकबहादुर कार्कीले मादक पदार्थ सेवन गरी घरमा गएर आफ्नै आमा ६५ वर्षय नरमाया कार्कीलाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

कुटपिटबाट आमाको घटनास्थलमा नै मृत्यु भएको भन्ने जानकारी पाउना साथ तत्काल जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र प्रहरी चौकी कोषाहाट प्रहरीको टोली खटि गई कानूनी प्रकृया पश्चात लाश पोष्टमार्टमको लागि अस्पताल पठाईने ओखलढुंगा प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर