AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

महाधिवेशन समयमै नभए कांग्रेस सदाका लगी कमजोर हुन्छ– डा. कोइराला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ माघ २०७५, बिहीबार १६:२०
3
Shares
विराटनगर / नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले पार्टीको १४ आँै महाधिवेशन समयमै हुनु पर्ने बताएका छन् । विराटनगर स्थित वार्ड नं. ४ वडा समितिले आज आयोजना गरेको कार्यक्रममा बोल्दै कोइरालाले यस्तो बताएका हुन् ।

कांग्रेस नेतृत्व तहले २०७६ भित्रै महाधिवेशन गर्न सक्यो भने पार्टी सुदृढीकरण र बलियो हुने विश्वास उनको छ । कांग्रेस राजनैतिक चरित्र बोकेको पार्टी भएको भन्दै उनले सनकको भरमा गलत काम नगर्ने बताए । कांग्रेसको संगठन कमजोर बनेको र त्यसलाई उर्जाशिल बनाउन महाधिबेशन आवश्यक रहेको डा.कोइरालाले बताए । उनले समयमै महाधिवेशन नभए कांग्रेस सदाका लगी कमजोर ठहरिने बताए । संगठनलाई उर्जा भर्न आफु अग्रसर भएको र त्यसका लागि सहयोग गर्न कांग्रेस कार्यकर्ता शुभेच्छुकसंग कोइरालाले आग्रह गरे ।

कार्यक्रममा प्रदेशसभा सदस्य केदार कार्की,चुमनारायण तवदार,विराटनगर महानगरका मेयर भीम पराजुली ,वार्ड नं. ४ का वडाध्यक्ष देवेन्द्र पोखरेल ,कांग्रेस वडा वुथ समिति सभापति राजकुमार तवदार , बलक राजबंशी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा उठेका सवालमा मेयर भीम पराजुलीले स्थानीय जनताका साझा सवालका विषयमा दत्तचित्त भएर काम गरिरहेको बताए । केही महिना भित्रै पोल र तारको समस्या वाट बिजुली बत्ती बाल्न पाएनौ भन्ने स्थिती आउन नदिने मेयर पराजुलीले प्रतिबद्धता ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर