AArya
RUMPUM
animated ellipse animated ellipse

आर्मी इटहरी गोल्डकपको उपाधी नजिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ माघ २०७५, बुधबार १९:५६
3
Shares

सुनसरी / नेपाली सेनाको त्रिभुवन आर्मी क्लब मदन भण्डारी स्मृती अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधी नजिक प्रवेश गरेको छ ।

आज इटहरीमा सम्पन्न पहिलो सेमीफाइनल खेलमा मेची नेत्रालय काकडभिट्टा फूटबल टेनिङ सेन्टरलाई ४–१ गोल अन्तरले पराजित गदै आर्मी उपाधी नजिक पुगेको हो । आर्मीले अब उपाधीका लागी फाइनलमा बिहिबार हुने मनाङ मस्र्याङदी र पुलिस बिचको विजेतासँग शनिबार प्रतिष्पर्धा गर्ने छ ।

खेलको १० औ मिनेटमा आत्माघाती गोल उपहार पाएको आर्मीका लागी दोस्रो गोल पदम तामाङले पहिलो हाफमा थप गरिएको २ मिनेटको इञ्जुरी समयको पहिलो मिनेटमा गोल गरे । ५८ औ मिनेटमा विवेक बस्नेतले गोल गर्दै आर्मीले ३–० को अग्रता दिलाए । त्यसको दुई मिनेटपछी मेची नेत्रालयका खामिर गिल्सन कन्दंवाले सान्तवना गोल गरे । खेलको अन्तिम समयमा थपिएको ४ मिनेटको अतिरित्त समयको पहिलो मिनेटमा कप्तान भरत खवासले १ गोल गरी आर्मीलाई सहज जित दिलाए । खेलको म्यानअफ द म्याच आर्मीका सन्तोष तामाङ घोषित भए । विजेताले नगद १६ लाख पुरस्कार पाउने प्रतियोगीताको उपाधी भिडन्त शनिबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर