AArya
RUMPUM
animated ellipse animated ellipse

स्थायी राजधानीको टुङ्गो हिउँदे अधिबेशनबाट लाग्छ– मुख्यमन्त्री राई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ माघ २०७५, बुधबार १७:२१
3
Shares
वस टर्मिनलको उद्घाटन गर्दै मुख्यमन्त्री सेरधन राई साथमा महानगर प्रमुख भीम पराजुली । तस्वीर : पुष्पराज थपलिया
विराटनगर / प्रदेशको स्थायी राजधानी र नामकरणको टुङ्गो हिउँदे अधिबेशनबाटै लाग्ने प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् । प्रदेश १ को हिउँदे अधिबेशन यही माघ २० गतेबाट सुरु हुँदै छ ।

नगर विकास कोषको ऋण सहयोगमा विराटनगर महानगरपालिकाले विराटनगर–११ मा निर्माण गरेको वस टर्मिनलको आज उद्घाटन गर्दै मुख्यमन्त्री राईले सो कुरा वताएका हुन् ।
प्रदेशको पूर्वधार निर्माण गर्नेका लागि आगामी केही दिनमा निजी क्षेत्रको सहकार्यमा लगानी सम्मेलनको आयोजना गर्ने जानकारी दिदै मुख्यमन्त्री राईले विकास र समृद्धको उद्देश्यप्रति केन्द्रित भएर सरकारले विकास निर्माणको वातावरण तयार गरिरहेको बताए ।

हिमाल, तराई र पहाडका जनताको विकाशप्रतिको चाहना परिपूर्ति गर्न भुगोल अनुसारका विकास कार्य गर्न प्रदेश सरकार योजनावद्ध भएर लागेको चर्चा गर्दै मुख्यमन्त्री राईले यस क्षेत्रको पर्यटन पूर्वाधार निर्माण गरी स्वदेशी र विदेशी पर्यटकहरुलाई आकर्षित गर्ने वताए ।

मुख्यमन्त्री राईले विराटनगरवासीको चाहना अनुरुपको वृहत मनोरञ्जन स्थलका पार्कको निर्माण गर्नु पर्नेमा जोड दिदै “सडक, विद्युत, सहरीकरण , स्वास्थ्य, शिक्षा” जस्ता जनताका आवश्यक विकास योजनालाई गुरुयोजना वनाइ सरकारले निर्माण गर्ने छ भन्नु भयो
आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले टर्मिनल क्षेत्रमा सेवा केन्द्र स्थापना कालागि सरकारले सहयोग गर्ने वताउँदै यसको संरक्षण , सफाई र सुरक्षाका लागि सचेना अभियान सचांलन गर्नु पर्नेमा जोड दिनु भयो ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले दक्षजनशक्ति निर्माणका लागि प्रदेश सरकारले नौ हजार यूवाहरुलाई तालीम प्रदान गर्ने वताउँदै नगर क्षेत्रमा ३ सय किलोमिटर सडक कालोपत्रे, विमानस्थल विस्तार र वैजनाथपुरमा सुविधासम्पन्न खेलमैदन निर्माण कार्य अगाडि वढाएको जानकारी दिए ।

जिल्ला समन्वय समितिका संयोजक नरेश पोखरेलले विराटनगरलाई स्थायी राजधानी घोषणा नभएमा जिल्लावासीको सहयोगमा समितिका भवनमा सञ्चालन भएको प्रदेशसभा बैठक सञ्चालन गर्न नदिने घोषणा गरे ।

नेपाली कांग्रेसका सचेतक केदार कार्कीले नयाँ वस टर्मिमिनलमा वच्चास्तनपान स्थान र सुरक्षाको उचित प्रवन्ध सहित सिसि टिभिको व्यवस्था हुनुपर्नेमा जोड दिए ।
प्रदेश सभा सदस्य जयराम यादवले महानगरपालिकाको वडा नं १ देखि १६ सम्मका लागि टाइप १ र २ स्तरको स्वास्थ्य चौकी निर्माणको लागि संघीय सरकारवाट वजेटको व्यवस्था भएकोले महानगरले निर्माण कार्य अगाडि वढाउन ध्यान दिन आग्रह गरे ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले संघीय र प्रदेश सरकारको सहयोगमा विकास कार्यहरु अगाडि वढाउँदै जाने विचार व्यक्त गर्दै वस टर्मिनल क्षेत्रमा वायो ग्यास शौचालयको निर्माण गरिने वताए ।
उद्घाटनका अवसरमा महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्की, नेपाली कांग्रेस मोरङ सचिव मोदराज घिमिरे, नेकपा नगर अध्यक्ष सागर थापा र नगरविकास कोषका अध्यक्ष ध्रुव रिजालले टर्मिनल क्षेत्रमा स्नान गृहको निर्माण कार्य चाँडै शुरु गरिने बताए ।

विस २०७३ मंसीर १९ गते शिलान्यास भई विस २०७५ असोज १४ गते सम्पन्न भएको उक्त टर्मिनल ३० कठृा जग्गामा ५ हजार ५ सय ८० स्क्वायर मिटरमा निर्माण गरिएको छ । गौरी पार्वती निर्माण सेवा काठमाडौले ८ करोड ४७ लाखमा निर्माण सम्पन्न गरेको वस टर्मिनलमा रेष्टुरेण्ट, कफी सप, लगेज रुम, टिकट काउण्टर र महिला तथा पुरुष शौचालयको व्यवस्था रहेको छ ।
टर्मिनलवाट एक समयमा ५५ वटा यातयात साधन राख्ने व्यवस्था सहित सरसफाइका लागि २० हजार लिटर पानी अटने वाटर ट्याङक समेत निर्माण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर