animated ellipse animated ellipse

अबको शिक्षा राष्ट्रिय निति अनुरुपको हुनुपर्छ : चिन्तामणि बस्नेत

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ माघ २०७५, सोमबार २०:४४
3
Shares
विराटनगर स्थित इडेन नेशनल बोर्डिङ स्कूलका प्रिन्सिपल चिन्तामणि (सि.एम.) बस्नेत लामो समयदेखि शिक्षा क्षेत्रमा आवद्ध रहेका छन् । शिक्षा क्षेत्रमा झण्डै दुई दशकदेखी लागी परेका उनै बस्नेतसँग खबर पूर्वाञ्चलले गरेको कुराकानी प्रस्तुत गरेका छौंः

अहिले के मा ब्यस्त हुनुहुन्छ ?
विद्यालयमा भर्खरै परीक्षा सकिएको छ । यो समय विद्यालयमा विविध किसिमका अतिरिक्त क्रियाकलाप गर्ने समय हो । स्कूलले प्रत्येक वर्ष विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्पोर्टस मिट गर्दै आएको छ । त्यसमा पनि आवद्ध छु । त्यसको साथै नयाँ शैक्षिक शत्रका लागि योजना तर्जुमा गर्ने समय पनि हो । यस्तै विद्यालयको विभिन्न क्रियाकलापहरूमा व्यस्त छु ।

तपाई शिक्षा क्षेत्रमा कहिले देखि आबद्ध हुनु हुन्छ ?
झण्डै दुई दशकदेखी शिक्षा क्षेत्रमा रहेर काम गर्दै आएको छ । ०५८ देखि नै यो पेशामा आए । अहिले निरन्तर रुपमा लागि पर्दै आएको छु । हाम्रो विद्यालय प्याब्सनमा आबद्ध भएको २०६७ साल देखि हो ।

शिक्षा क्षेत्रमा कसरी लाग्नुभयो । यो क्षेत्रमा नलागेको भए कुन क्षेत्र तपाइको रोजाइ हुने थियो ?
मलाई मेरा शिक्षकहरूले पढाएको र उहाँहरुले पाएको सम्मान देखेर सानै कक्षामा रहदादेखिनै मलाई यो पेशा मन प¥थ्र्यो । शिक्षण पेशा नै सबै अरु पेशाको स्रोत भन्ने सत्यता मैले जुन बेलादेखि महसुस गरें त्यही बेलादेखि मैले यो पेशामा लाग्ने प्रण गरें । शिक्षा पेशाबाट जीवन गुजार्ने निर्णय गरें अनि यसैमा लागें । मैले रोजेकै क्षेत्र मैलें पाए पछि अर्को कुनै क्षेत्र मेरा विकल्पमा परेनन् ।

यस क्षेत्रमा लागेर कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
साह्रै राम्रो जिज्ञासा राख्नुभयो । अत्यन्तै सन्तुष्ट छु । यही भएर होला म आपैmंलाई सफल भएको महशुस गर्छु । यो १७ बर्षको लामो समयमा धेरै बालबालीकालाई शिक्षा दिइयो । देशलाई चाहिने दक्ष जनशक्ती उत्पादन गरियो । आज मैले देखाएको मार्ग दर्शन, जीवन दर्शनबाट धेरै विद्यार्थीहरुको जीबन खुसि र सुखका साथ चलिरहेको छ । हामी शिक्षकले देशका नागरकि पढाइरहेका हौं । त्यही शिक्षकले ज्ञान दिएको व्यक्तीले देश चलाइरहेका छन् । कुनै पनि देशको उन्नति त्यो देशका नागरीकको शिक्षामा नै निहित हुन्छ । यस्तो जिम्मेबार पेशामा आवद्ध भएकाले म आफुलाई जिम्मेबार ब्यक्ती ठान्छु र सन्तुष्ट छु ।

तपाईको बिचारमा प्याब्सन के हो ? यस्ले तपाईको जस्तो विद्यालयलाई कसरी सहयोग गरिरहेको छ ?
प्याब्सन निजी विद्यालयहरुको सङ्गठन हो । जसले देशको शैक्षिक परिवेशलाई समय सापेक्ष व्यवस्थापन गर्छ । शिक्षामा भइरहेका आवश्यकतालाई सम्बोधन गर्छ । सबै निजी विद्यालयहरुको एक समान किसिमको शिक्षा दिलाउनलाई समेत भुमिका खेल्छ । प्याब्सनले हाम्रो जस्तो विद्यालयलाई धेरै सहयोग पु¥याएको छ । विभिन्न किसिमका अतिरिक्त क्रियाकलाप, प्रतियोगितामा सहभागी भएर आफ्नो क्षमता अभिवृद्धि गर्ने मौका पाएका छन् विद्यार्थीहरूले । प्याब्सनले लिने परीक्षा अर्को राम्रो उदाहरण हो । साथै सङगठनमा आवद्ध भएपछि धेरै अफ्ट्याराहरुमा सहयोग मिल्छ । प्याब्साले सबै विद्यालयका समस्या आफ्नै समस्या मानेर तत्काल सामधान दिएको हुदाँ हाम्रो जस्तो विद्यालयले धेरै सहयोग पाएको छ ।

विद्यार्थीहरुलाई कस्तो शिक्षा प्रदान गर्दै आउनुभएको छ ?
आधुनिक समयका विद्यार्थीहरुलाई दिगो जनशक्ती उत्पादन गर्ने मनोशायबाट ईडेन स्कुलले विद्यार्थीहरुलाई संस्कारसहितको गरिखाने शिक्षा प्रदान गर्दैछ । अबका विद्यार्थी किताबी किरो मात्र बनेर पढाई सार्थक बन्दैन । शिक्षण सिकाई प्रभावकारी बनाउन विद्यालय बालमन्त्री हुनुपर्ने र प्रयोगात्मक हुनुपर्नेमा ईडेन स्कुल कठिबद्ध छ । प्ले ग्रुपदेखि कक्षा २ सम्म मन्टेश्वरी विधिबाट शिक्षण सिकाई गरिदै छ । सबै विद्यार्थीहरुको पौच पुग्ने गरिको प्रयोगशाला छन् । खेलकुदलाई प्रोत्साहन गर्ने अभिप्रायले फुटसलको ब्यवस्था गरेका छौं ।

अबको शिक्षा कस्तो हुनुपर्छ ?
यो त गहन कुरा हो । अब को शिक्षा राष्ट्रिय नीति अनुरुपको हुनुपर्छ । अहिले अध्ययन गर्दै गरेका विद्यार्थीहरु अबको १० वर्ष पछिका लागि देशलाई चाहिने जनशक्ती हुन् र देशको दिर्घकालीन योजनालाई मेल खाने गरिको शिक्षा प्रदान गर्नु पर्छ । जनशक्ती आफ्नै देशका लागि तयारी गर्नु पर्छ । विशेषत शिक्षाले नै मानिसको सब्यतालाई उजागर गर्छ । समाजलाई चेतनशिल बनाउछ । सँस्कार सिकाउछ । शिक्षाले मानिसको तार्किक क्षमतालाई बलवान बनाउछ । समस्यासँग लड्ने क्षमताको विकाश गर्दछ र अबको शिक्षा यि सबै कुराको गुणवान नागरीक बनाउने खालको हुनुपर्छ ।

अन्त्यमा के भन्न चाहानुहुन्छ ?
शिक्षा नै सभ्यताको पहिचान हो । शिक्षा भन्नाले किताब पढ्नु अनि परिक्षामा पास हुनु मात्र विलकुल होइन । शिक्षित व्यक्तिले समाज बुझेको हुन्छ । देश बुझेको हुन्छ । समय सापेक्ष आफुलाई परिवर्तन गर्न सक्छ । यस प्रकारका नागरीक उत्पादन गर्ने विद्यालय र यसतो जिम्मेबार पेशामा आवद्ध हुने शिक्षकहरुको पनि आ–आफ्नै भूमिकाहरु छन् । यस्तो पेशामा निःस्वार्थ भावनाले आवद्ध भएर सा–साना बच्चाहरुलाई ज्ञान दिनुहुने शिक्षक तथा राज्यले लिनु पर्ने दायित्व ,विद्यालय स्थापना गरेर युवामा रोजगारको व्यवस्था गर्ने र शिक्षा जस्तो अमुल्य कुरा प्रवाह गर्ने विद्यालय सञ्चालकहरुलाई धन्यवाद व्यक्त गर्न चहान्छु ।
प्रस्तुती :अर्जुन श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर