पूर्वाञ्चल खबर
विराटनगर / महिनावारी हुदाको समय स्कूल छाड्ने छात्राहरुको अवस्था अध्ययन गर्दे विराटनगर महानगरले सेनेटरी प्याड वितरण र महिनावारी स्वास्थ्य शिक्षा कार्यक्रमलाई तिब्रता दिएको छ ।
महानगरले सरकारी विद्यालयका छात्राहरुलाई लंक्षित गरी यो कार्यक्रम तय गरेको हो । सोही अनुरुप विराटनगर स्थित मिल्स माध्यमिक विद्यालयमा आज सेनेटरी प्याड वितरण गरिएको छ ।
विराटनगर महानगरका मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्कीले विद्यार्थीलाई सेनेटरी प्याड वितरण गरे । यस्तै ५ सय प्याकेट सेनेटरी प्याड महिनावारी भएका वालवालिकालाई वितरण गर्ने गरी विद्यालयलाई हस्तान्तरण समेत गरिएको स्वास्थ्य महासाखा प्रमुख लजिता योन्जनले जानकारी दिइन । महानगर भित्र रहेका सवै सरकारी विद्यालयमा अव सेनेटरी प्याड राखिने छ भने महिनावारी भएको समयमा उक्त प्याड बितरण गरिने महानगरको योजना छ ।