पूर्वाञ्चल खबर
विराटनगर / दशौं प्याब्सन मिट अन्तर्गतको भलिबलको उपाधि रङ्गली– १ बबियाविर्तामा रहेको सनरे बोर्डिङ स्कूलले जितेको छ ।
मोरङको लक्ष्मीमार्गमा आज सम्पन्न भएको भलिबलको फाइनलमा सनरे स्कूलले बुढीगंगास्थित मोरङ पब्लिक स्कूललाई १९– २५, २३–२५ र २३– २५ को सोझो सेटले पराजित गरि उपाधि जितेको हो ।
प्याब्सन स्पोर्टस मिट अन्तर्गत अन्य खेलहरू यस अघि नै सकिएको भए पनि भलिबलको खेल बाँकी रहेको प्याब्सन मोरङका सदस्य केदार पौडेलले बताए । सो खेलको फाइनल आज भएको थियो । विजेता बनेको सनरे स्कूलले ट्रफि, मेडल तथा प्रमाण पत्र प्राप्त ग¥यो । विजय हुने खेलाडीलाई प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेत, सदस्य केदार पौडेल तथा बेलवारी ११ का वडा अध्यक्ष राजन पोखरेलले संयुक्त रुपमा पुरस्कार वितरण गरे ।