पूर्वाञ्चल खबर
प्रदेशमा प्राथमिकतामा राखेर बनाउनु पर्ने केही सडक आयोजना मार्फत समयमै निर्माण गर्ने उद्देश्यले छुट्टै कार्यालय स्थापना गर्ने निर्णय सरकारले गरेको हो । बजेट मार्फत घोषणा भएको कार्यक्रम सञ्चालन गर्न फरक कार्यालय आवश्यक नपर्ने भएपनि सरकारले झण्डै सात ओटा सडक यस आयोजनामार्फत अघि बढाउने तयारी गरेको छ । तर कुन कुन सडकहरु विशेष प्राथमिकतामा छन् भन्ने विषयमा भने सरकारले जानकारी दिएको छैन ।
प्रादेशिक विशेष सडक निर्माण आयोजना कार्यालय भौतिक पूर्वाधार मन्त्रालय मातहतमा रहने छ । कार्यालयमा एक जना उपसचिव तथा सिनियर इन्जिनियरसमेतको दरवन्दी कायम गरिएको छ ।
बैठकले उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयको योजना तथा कार्यक्रम संचालन कार्यविधि २०७५ लाई स्वीकृती प्रदान गरेको छ । सोहि मन्त्रालयको संरक्षित क्षेत्र व्यवस्थापन कार्यालय परिषद् मार्फत कार्यक्रम संचालनगर्न अनुमति दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले जानकारी दिए ।
त्यसैगरी बैठकले सामाजिक विकासमन्त्री जीवन घिमिरे विविध विषय अध्ययनको शिलशिलामा क्यानाडा भ्रमणमा जाने प्रस्तावलाई पनि स्वीकृती प्रदान गरेको छ । संघीय सरकार समक्ष स्वीकृतीकालागि प्रकृया अघि बढाउने निर्णय मन्त्रिपरिषदले गरेको हो ।