पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर महानगरपालिका १५ हुलास मेटल चोकबाट प्रहरी लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।
सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित धरान उप महानगरपालिका १६ गणेशमान चोकका ४० वर्षका दिपक थापालाई पक्राउ गरेको हो । थापालाई भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्ने क्रममा लागूऔषध नाईट्रोजन ट्याब्लेट २० चक्की, डाइजेल्याव १० एम्पुल, लुपिजेसिक १० एम्पुल र एभिल १० एम्पुल फेला पारी बरामद गरेको हो ।
बरामद लागूऔषध सहित थापालाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।