पूर्वाञ्चल खबर
विराटनगर / विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस मिटको क्रिकेटमा शिक्षादीप र अरर्किड तथा फुटबलतर्फ ग्रिनल्याण्ड र मोर्डनएरा तथा छात्रा भलिबलमा शिक्षादीप, टेबलटेनिसमा मेरिल्याण्ड, अरनिको र कान्तिपुर कलेज विजयी भएका छन् ।
हिसान मोरङले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज भएको क्रिकेटको पहिलो खेलमा शिक्षादीप कलेजले एभरेष्ट कलेजलाई १५ रनले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
टस जितेर ब्याटिङ थालेको शिक्षादीपले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३७ रन बनायो । जसमा राजन मगरले २९ रन, अनुराज खेरवालले २५ रन, विनोद सहनीले २० रन र सुभम दासले १७ रन बनाए । एभरेष्टका फैजल इमामले ३ विकेट र सुदन लम्सालले २ विकेट लिए ।
१ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको एभरेष्टले निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय २२ रनमै समेटियो । जसमा सचिन क्षेत्रीले २३ रन , प्रिन्स यादवले २२ रन, रोशन घिमिरेले १८ रन र मनिष मण्डलले ११ रन बनाए । शिक्षादीपका म्यान अफ द म्याच आयुष ओडारी, समित रौनियार र सुभम दासले २–२ विकेट लिए ।
दोस्रो खेल अर्किड कलेजले पथरीको एभरेष्ट कलेजलाई ८४ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर हारेर ब्याटिङ थालेको अर्किडले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३६ रन बनायो । जसमा रञ्जन पासवानले ४३ रन , जय किसनले २९ रन, दिलीप रजतले १६ रन र मञ्जित कामतले १३ रन बनाए । एभरेष्टका विवेक आचार्य र आकाश खत्रीले २–२ विकेट लिए ।
१ सय ३७ रनको विजयी लक्ष्य पछ्याएको एभरेष्टले १४ ओभर २ बलमा सबै विकेट गुमाउँदै ५२ रनमै समेटियो । जसमा आकाश खत्रीले १८ रन बनाए । अर्किडका सिद्धार्थ ढकाल, सुनिल मण्डलले ३–३ विकेट तथा मञ्जित कामत र मोहित अर्यालले २–२ विकेट लिए । खेलको म्यान अफ द म्याच अर्किडका रञ्जन पासवान भए ।
त्सै
गरी टेबलटेनिसको छात्र टिम इभेन्ट्सतर्फ मेरिल्याण्ड कलेज र अरनिको कलेज फाइनलमा प्रवेश गरेको छ । मेरिल्याण्डले शिक्षादीप कलेजलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । अरनिकोले अर्किड कलेजलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । त्यस्तै छात्रा टिम इभेन्ट्सतर्पm मेरिल्याण्ड कलेज र कान्तिपुर कलेज विजयी हुँदै फाइनलमा प्रवेश गरेको छन् । मेरिल्याण्डले अरनिको कलेजलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । कान्तिपुरले शिक्षादीप कलेजलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ ।
टेबलटेनिसकै छात्र एकलतर्पm मेरिल्याण्डका राहुल साहले अरनिकोका प्रजन्य श्रेष्ठलाई हराउँदै फाइनलमा प्रवेश गरेका छन् । अर्को खेलमा शिक्षादीपका फुबलाल साहले मेरिल्याण्डका सुशांक आचार्यलाई हराउँदै फाइनलमा प्रवेश गरेका छन् । छात्रा एकलतर्फ मेरिल्याण्डकी अंकिता उदासले कान्तिपुरकी सरिता मगरलाई हराउँदै फाइनलमा प्रवेश गरेकी छन् । अर्को खेलमा मेरिल्याण्डकी पूजा दंगाले कान्तिपुरकी श्रृशा लुइँटेललाई हराउँदै फाइनलमा प्रवेश गरेकी छन् ।
छात्रा भलिबलमा शिक्षादीप कलेजले २५–२३, २५–२१ र २५–१२ को सेटमा मोर्डनएरा कलेजलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । उमेन अफ द म्याच शिक्षादीपकी सोनी सिंह भइन् ।
त्यस्तै फुटबलको पहिलो खेलमा ग्रिनल्याण्ड कलेजले भानु मेमोरियल कलेजलाई ६–१ गोलको फराकिलो अन्तरमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । ग्रिनल्याण्डका सागर राईले २ गोल तथा म्यान अफ द म्याच पेमा गुरुङ, हिक्मन लिम्बू, आशीष चौधरी र गौरव खवासले १–१ गोल गरे भने भानुका विनयकान्त चौधरी १ गोल फर्काए । दोस्रो खेलमा मोर्डनएराले सडेनथेडमा ६–५ गोलमा अर्किड कलेजलाई हराउँदै सेमिफाइनलमा पुग्यो । निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । म्यान अफ द म्याच अर्किडका विक्की बासद भए ।