पूर्वाञ्चल खबर
विराटनगर / नेपालले दोस्रो एकदिवसीय क्रिकेटमा घरेलु टोली यूएईलाई १ सय ४५ रनको पराकिलो अन्तरले पारजित गरेको छ ।
नेपालले दिएको २ सय ४३ रनको विजयी लक्ष्य पछ्याएको यूएई ९७ रनमा अलआउट भएपछी नेपालले सानदार जित पारेको हो । यससँगै तीन म्याचको सिरिजमा १–१ को बराबरी भएको छ । तेस्रो तथा अन्तिम म्याच सोमबार हुनेछ ।
२ सय ४३ रनको विजयी लक्ष्य पछ्याएको यूएई १९ दशमलव ३ बलमा सवै विकेट गुमाउँदै ९७ अलआउट भएको थियो । यूएईका मोहमद उस्मानले २६ रन,अस्फाक अहमदले २० रन, कप्तान मोहमद नावेदले १९ रन र रिजवानले १६ रनको योगदान दिएका थिए । नेपालका सोमपाल कामीले एक्लैले ५ विकेट लिँला गुगलिब्वाई सन्दीप लामिछाने ४ विकेट लिए । कामीले ६ दशमलव ३ बल बलिङ गर्दै ३५ रन दि भने लामिछानेले ४ ओभर बलिङ गर्दै १ मेडन राख्दै २४ रन दिएका थिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ४२ रन बनायो । नेपालको सुरुवात राम्रो रहृयो । नेपालका लागि रोहित पौडेलले ५८ बलमा ७ चौका प्रहार गर्दै ५५ रन, ज्ञानेन्द्र मल्लले ४४ रन आरिफ शेखले २९ रन र विनोद भण्डारी र कप्तान पारस खडकाले २१–२१ रन ,दिपेन्द्र सिंह ऐरी १० र पवन शरार्फ ८ रनमा आउट भए ।
नेपालले शुरुवात राम्रो गरेको थियो । ओपनर ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरे । एक समयमा नेपालको स्कोर मात्र १ सय १३ रनमा पाँच विकेट गमाएर दयनिय अवस्थामा रहेको बेला फेरी आरिफ शेख र रोहितकुमार पौडेलले पारी सम्हाले । छैटौं विकेटका लागि ८२ रनको साझेदारी गरी नेपाललाई उकासेका थिए । करण केसीले ११ बलमा १८ रन, सोमपाल कामीले २ रन बनाउँदा सन्दीप लामिछाने १३ रन र ललित राजवंशी ३ रनमा अविजित रहे यूएइैका इम्रान हैदर र आमिर हयातले ३–३ विकेट लिए । सोमपाल प्लेयर अफ दि म्याच बने ।
रोहितकुमारको रेकर्ड

नेपाली युवा क्रिकेटर रोहित पौडेलले भारतका महान् क्रिकेटर सचिन तेन्दुलकर र पाकिस्तानका चर्चित क्रिकेट खेलाडी साहिद अफ्रिदीको रेकर्ड तोडेका छन् ।उनले आज यूएईविरुद्ध अर्धसतक प्रहार गर्दै सचिन र अफिदीको रेकर्ड तोडेका हुन् ।
५५ रन बनाएर पभेलियन फर्किएका उनी अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने कान्छो क्रिकेटर बने । यो महत्वपूर्ण प्रदर्शनसँगै रोहित कम उमेरमा एकदिवसीय अर्धशतक बनाएर इतिहास राख्ने पुरुष खेलाडी बनेको अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले जनाएको छ । उनले सचिन तेन्दुलकर र शाहिद अफ्रिदीको रेकर्ड तोडेका हुन् । उनी भर्खर १६ वर्ष १४६ दिनका भएका छन् । यसअघि कम उमेरमा टेस्टमा रेकर्ड बनाउने खेलाडी भारतीय क्रिकेटर सचिन तेन्दुलकर थिए। उनले पाकिस्तानविरुद्ध १६ वर्ष २१३ दिनको उमेरमा ५९ रन बनाएर टेस्ट क्रिकेटमा कम उमेरमा अर्धशतक बनाउने खेलाडीको रेकर्ड कायम गरेका थिए । एकदिवसीयमा भने यसअघि यो रेकर्ड पाकिस्तानका खेलाडी साहिद अफ्रिदीको नाममा थियो। अफ्रिदीले १६ वर्ष २१७ दिनको उमेरमा श्रीलंकाविरुद्ध शतक बनाएका थिए । उनले १०२ रन बनाएर रेकर्ड राखेका थिए ।