पूर्वाञ्चल खबर
विराटनगर/ बालाजी मिडिया हाउसको आयोजना र नेपाली जुत्ताघर काठमाडौंका पूर्व अध्यक्ष होमनाथ उपाध्यायको संयोजकत्वमा ‘स्वदेशी वस्तुको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नाराका साथ आजदेखि विराटनगरमा ‘विराट फूटवेयर एक्स्पो’ सुरु भएको छ ।
जुत्ता चप्पल वृहत मेलाको आन्तिरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कार्कीद्धारा उद्घाटन गरी मेलाको शुभाराम्भ गरेका छन् ।
एक्स्पोमा महिला, पुरुष, केटाकेटीका जुत्ता चप्पल, स्र्पोटस, पार्टी सु लगायतको जुत्ता चप्पलमा १५ देखि ६० प्रतिशतसम्म छुटमा विक्री गरिने मेला नेपाल जुत्ता चप्पल म्यानुफ्याक्चरिङ नेपाललका अध्यक्ष होमनाथ उपाध्यायले वताए ।
एक्पोमा आयात प्रतिस्थापन गरी स्वदेशी उद्योगलाई प्रोत्साहन दिन तथा सर्वसाधारण जनताले एउटै छाना मुनी प्रतिस्पर्धात्मक मूल्यमा गुणस्तरीय, सस्तो, आधुनिक जुत्ताचप्पल उपलव्ध गराउन एक्स्पोको आयोजना गरिएको अध्यक्ष उपाध्यायले बताए ।
करिब तीन सातासम्म हुने एक्पोमा करवि २ करोडको कारोवार तथा २ लाख सर्वसाधारणले अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ ।