RUMPUM
animated ellipse animated ellipse

मेरिल्याण्ड, एभरेष्ट, सिटी र मोर्डन एरा विजयी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ माघ २०७५, बुधबार २०:२१
3
Shares

विराटनगर / आठौं हिसान स्पोर्टस मिटको क्रिकेटतर्फ मेरिल्याण्ड र एभरेष्ट तथा फुटबलतर्पm एभरेष्ट, सिटी, एभरेष्ट र मोर्डनएरा कलेज विजयी भएका छन् ।

हिसान मिटअन्तर्गत आज भएको क्रिकेटको पहिलो खेलमा मेरिल्याण्ड कलेजले मोर्डन एरा कलेजलाई ८५ रनले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । टस जितेर मोर्डनएराले मेरिल्याण्डलाई पहिलो ब्याटिङ गर्ने अवसर दियो । मेरिल्याण्डले ब्याटिङ गर्दै निर्धारित २० ओभर पूरै खेल्दै ७ विकेटको क्षतिमा १ सय ६४ रन बनायो । जसमा साकिव हकले ५५ रन, मुुकेश कामले ३६ रन र आलोक अधिकारीले २३ रन बनाए । मोर्डन एराका अभिषेक राना मगरले ३ विकेट, कौशल विश्वकर्मा र गौरव श्रेष्ठले १–१ विकेट लिए ।

१ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको मोर्डन एराले १४ ओभर १ बलमा सबै विकेटको क्षतिमा ९७ रनमै समेटियो । जसमा अंकित श्रीवास्तवले २९ रन र विनोद साहले १६ रन बनाए । मेरिल्याण्डका सवाग्यराज पाण्डेले ४ विकेट, सक्षम कार्की र कुश कामतले २–२ विकेट लिए । म्यान अफ द म्याच मेरिल्याण्डका साकिव हक भए ।

क्रिकेटको दोस्रो खेलमा पथरीको एभरेष्ट कलेजले विद्याभूमि बोर्डिङ स्कुललाई ९ विकेटले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । टस जितेर एभरेष्टले फिल्डिङ गरेको थियो । पहिलो ब्याटिङ थालेको विद्याभूमिले १८ ओभरमा सबै विकेटको क्षतिमा ८५ रन बनायो । जसमा सचिन दाहालले २७ रन, नितेशकुमार साहले १२ रन र प्रतीक रायमाझीले १० रन बनाए । एभरेष्टका निकेश खत्रीले ४ विकेट , विकेन थापा र आकाश खत्रीले २–२ विकेट लिए ।
८६ रनको विजय लक्ष्य पछ्याएको एभरेष्टले १२ ओभर ३ बलमा १ विकेटको क्षतिमा विजयी लक्ष्य पार गरेको थियो । जसमा पशुपति दाहालले ४० रन र आकाश खत्रीले २२ रन बनाए । विद्याभुमीका इफारान सेखले १ विकेट लिए । म्यान अफ द म्याच एभरेष्टका निकेश खत्रील भए ।

त्यसैगरी फुटबलतर्पm पहिलो खेलमा सिटी कलेजले विद्याभूमि बोर्डिङ स्कुललाई ५–१ गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । सिटीका म्यान अफ द म्याच आशिष चौधरीले २ गोल तथा सविन कार्की, विमल राई र अरुण चौधरीले १–१ गोल गरे भने विद्याभूमिका विमल उप्रेती १ गोल गरे । दोस्रो खेल विराटनगरको एभरेष्ट कलेजले कोबास कलेजलाई ३–१ गोलमा पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश ग¥यो ।

एभेरष्टका म्यान अफ द म्याच अभिमतजंग कार्की, अभय कार्की र एल्सन राजभण्डारी १–१ गोल गरे भने कोबासका मनिष देवले १ गोल गरे । तेस्रो खेलमा पथरीका रेडस्टार कलेजले लर्डबुद्ध कलेजलाई १–० गोलमा पराजित गर्दै क्वाटर फाइलमा प्रवेश गरेको छ । म्यान अफ द म्याच रेडस्टारका दीपेश याख्खाले गोल गरे ।

चौथो खेलमा मोर्डनएराले टाइब्रेकरमा दिल्ली पब्लिक स्कुललाई ४–२ गोलमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । म्यान अफ द म्याच दिल्ली पब्लिकाका प्रताप चौधरीले भए । खेलको निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो ।

प्रतियोगिताअन्तर्गत बिहीबारको क्रिकेटको पहिलो खेल सिर्जना ज्ञान कुञ्ज र कोसी कलेज, दोस्रो खेल सेन्टजोसेफ मावि र लर्डबुद्ध कलेजबीच हुनेछ ।
फुुटबलको पहिलो खेल अरनिको कलेज र सेन्टजोसेफ मावि र दोस्रो कान्तिपुर कलेज र अर्किड कलेज, तेस्रो खेल मेरिल्याण्ड र कोसीबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर