RUMPUM
animated ellipse animated ellipse

जलवायुु परिवर्तनले पारिरहेको असर न्युुनिकरण गर्न सुुझाव संकलन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ माघ २०७५, सोमबार १९:०१
3
Shares
विराटनगर / जलवायुु परिवर्तनले पारिरहेको असर न्युुनिकरण गर्न नयाँ निति तजुमा गर्ने उदेश्यले आज विराटनगरमा सुुझाव संकलन गरिएको छ ।

नेपाल सरकाले जलवायुु परिवर्तनका कारण भइरहेको असर रोक्न जलवायुु परिवर्तन सम्वन्धि नयाँ नीति ल्याउन लागिएको हो ।

वन तथा वातावरण मंत्रालय र प्रदेश न १ को वन उधोग, पर्यटन, वन तथा वातावरण मंत्रालयको आयोजनामा भएको प्रदेश स्तरिय कार्यक्रममा जलवायुु परिवर्तनको नयाँ निति वारे सल्लाह सुुझाव संकलन गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै उधोग , पर्यटन , वन तथा वातावरण मन्त्री जगदिस कुुसैयतले जलवायुु परिवर्तनको जोखिम न्युुनिकरण गर्न ठुुला ठुुला विकास निमार्ण तथा योजनाको काममा ध्यान पुु¥याउनुु पर्नेमा जोड दिए ।

मन्त्री कुुसैयतले जलवायु परिवर्तनले खोलानाला सुकेर मौसममा आएको परिवर्तनले उत्तपादनमा समेत असर पारेकाले त्यसलाई ध्यान दिएर नयाँ निति वनाउनुु पर्ने वताए । प्रदेश न १ को वन उधोग, पर्यटन, वन तथा वातावरण मंत्रालयका सचिव वद्रिराज ढुुंगानाले राष्ट्रिय अन्तराष्ट्रिय परिवेष अनुुसार सरकारले जलवायुु परिवर्तनको जोखिम कम गर्ने गरी नयाँ नीति ल्याउन लागेको वताए ।

कार्यक्रममा वोल्दै प्राकृतिक श्रोत पूर्वाधार समितिका सदस्य एंव सांशद घनश्याम खतिवडा, वन तथा वातावरण मंत्रालय अन्र्तगत जलवायुु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुुख डा.महेश्वर ढकालले तीनवटै तहको सरकारले जलवायुु परिवर्तनको असर रोक्नगरी साझा मुुद्धा वनाउनुु पर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेश न १ का स्थानिय निकायका प्रतिनिधी, प्रदेश र संघिय मन्त्रालयका प्रतिनिधि, डिभिजन तथा प्रदेश वन कार्यालयका प्रमुुख तथा वनस्पति विज्ञहरुले विभिन्न सुुझाव दिएका थिए । नेपालमा ३० वर्ष एता तापक्रम ० दशमलव ७ डिग्रिले वढि रहेको खोलाहरु सुुकिरहेको , हिउताल पग्लि रहेको कार्यक्रममा जानकारी गराइएको थियो । मन्त्रालयले सातवटै प्रदेशवाट सुुझाव संकलन गरी जलवायुु परिवर्तन सम्वन्धि नयाँ निति ल्याउने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर