RUMPUM
animated ellipse animated ellipse

हिसान स्पोर्टस मिट मंगलबारदेखि विराटनगरमा शूरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ माघ २०७५, सोमबार १८:३९
3
Shares
विराटनगर / आठौ हिसान स्पोर्टस मिट २०७५ मंगलबारदेखि विराटनगरमा शूरु हुने भएको छ ।

हिसान मोरङले विराटनगरमा आज पत्रकार सम्मेलन गरि स्पोर्टस मिटको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । हिसानले प्रत्येक वर्ष आयोजना गर्दै आएको सो स्पोर्टस मिटमा फुटबल, भलिबल, बास्केटबल, टेबलटेनिसलगायतको खेलहरू समावेश गरिएको हिसान मोरङका अध्यक्ष बलराम पन्तले जानकारी दिए । ‘कलेजमा अध्यनयरत विद्यार्थीहरुमा भएको प्रतिभा फ्रस्फुटन गर्न यस्तो प्रतियोगिता आयोजना गर्दै आएका छौं,’ अध्यक्ष पन्तले भने, ‘मोरङ हिसानले स्पोर्टस मिट भव्य र सभ्य तयारीकाले गर्दै आएका छौं ।’

हिसान स्पोर्टस मिटको खेलहरु विराटनगरको विभिन्न स्थानमा हुने भएको छ । मंगलबारबाट सुरु हुने हिसान स्पोर्टस मिटमा उद्घाटन दिन फुटबल र क्रिकेट खेलहरु हुनेछ । फुटबल विराटनगरस्थित दिल्ली पब्लिक स्कूलको खेल मैदानमा र क्रिकेट बैजनाथपुरस्थित रङशालामा हुनेछ । अन्य खेलहरु केही दिन पछि हुने बताइएको छ । ‘सम्पूर्ण खेलकुदको तालिका समेत सार्वजनिक भइसकेको छ,’

पत्रकार सम्मेलनमा अध्यक्ष पन्तले भने, ‘उद्घाटन दिन हुने फुटबलमा ग्रिनल्याण्ड र सृजना ज्ञानकुन्ज कलेजबिच हुनेछ ।’ क्रिकेटतर्फ पहिलो खेल विराटनगरस्थित कोबास र ग्रिनल्याण्ड कलेज बिच प्रतिस्पर्धा हुनेछ ।

बास्केटबलको खेलहरु माघ १२ गतेदेखि मेरील्याण्ड कलेजमा हुनेछ । बास्केटबलको पहिलो खेलमा कान्तिपुर र शिक्षादीप कलेज बिच हुनेछ । छात्रतर्फको भलिबलको खेल माघ १४ गतेबाट हुनेछ । पहिलो दिन शिक्षादीप र ग्रिनल्याण्ड कलेजको भिडन्त हुनेछ । सोही स्पर्धाको छात्रातर्फको खेल भने माघ १० गतेबाट सुरु हुनेछ । ‘देशभरीको जिल्लाहरुमा हिसान स्पोर्टस मिट हुने गर्दछ,’ हिसानको केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले भने, ‘देशभरीको जिल्लामा हुने स्पोर्टस मिट भन्दा मोरङमा हुने भव्य र धेरै प्रकारको खेलहरु समावेश हुने गरेको छ । यहाँ जति हुने खेलहरु अन्य जिल्लामा हुने गरेको छैन ।’
२५ वटा कलेजका १ हजार ४ सय जना खेलाडीहरूले भाग लिने भएका छन् । आउँदो माघ १६ गतेसम्म सञ्चालन हुने हिसान स्पोर्टस मिटमा आधा दर्जन खेलहरू समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर