पूर्वाञ्चल खबर
विराटनगर / भाजु युवराज फाउन्डेसन र एन वाई इको सयुक्त आयोजनामा विराटनगरमा तीन दिने विरा फुड फेस्टा हुने भएको छ ।
आगामी फागुन २ गतेदेखि ४ गतेसम्म विराटनगरको नमस्कार होटेलमा विराट फुड फेस्टा हुने भएको छ । आयोजकले आज विराटनगर पत्रकार सम्मेलन गरी फुड फेस्टा गराउन लागेको जानकारी गराएको हो । विराट फुड फेस्टामा आर्कषक डिजाईनका फुड स्टल रहने आयोजकले जनाएको ।
फुड स्टलमा विभिन्न जातीका आफ्ना लोकप्रिय स्वादिष्ट परिकार राखिने भाजु युवराज फाउन्डेसनका युनेशराज श्रेष्ठले जानकारी दिए । उनका अनुसार फुड फिस्टामा नेवारी, माडवाडी, मगर, राई, लिम्बु,थारु , राजवशी, मुस्लिमलगायत अन्य जातीको परिकारका स्टलहरु राखिने छ । साथै फुड फेस्टामा बालबालिकाको लागी रमाईलोको लागी किड्स जोन पनि हने आयोजकले जनाइएको छ । फुड फिस्टालाई थप मनोरञ्जन प्रदान गर्न आयोजकले कुटुम्व व्याण्डलगायत राष्ट्रिय कलाकार र स्थानिय कलाकारको वेजोड प्रस्तुती रहेने जनाईएको छ ।