AArya
RUMPUM
animated ellipse animated ellipse

स्वदेशी जुत्ताचप्पलको प्रवद्र्धन गर्न विराट एक्स्पो माघ ९ गतेदेखि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ माघ २०७५, आईतवार १९:२९
3
Shares

विराटनगर/ “स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान” नाराका साथ विराट फूटवेयर एक्पो–२०७५ प्रदर्शनी विराटनगरमा माघ ९ गतेदेखि हुने भएको छ ।

आज विराटनगरमा नेपाल जुत्ता चप्पल म्यानुफ्याक्चरिङ नेपालले पत्रकार सम्मेलन गरि विराटनगरमा विराट फूटवेयर एक्पो हुने जनाएको छ । विराटनगको मेनरोडमा रहेको जैन भवनमा माघ ९ गतेदेखि ३० गतेसम्म सञ्चालन एक्स्पोमा नेपालका विभिन्न १० ब्राण्डका जुत्ता चप्पल उद्योगका उत्पादन राखिने जानकारी आयोजकले गराएको छ ।

एक्स्पोमा महिला, पुरुष, केटाकेटीका जुत्ता चप्पल, स्र्पोटस, पार्टी सु लगायतको जुत्ता चप्पलमा १५ देखि ६० प्रतिशतसम्म छुटमा विक्री गरिने मेला नेपाल जुत्ता चप्पल म्यानुफ्याक्चरिङ नेपाललका अध्यक्ष होमनाथ उपाध्यायले वताए ।

एक्पोमा आयात प्रतिस्थापन गरी स्वदेशी उद्योगलाई प्रोत्साहन दिन तथा सर्वसाधारण जनताले एउटै छाना मुनी प्रतिस्पर्धात्मक मूल्यमा गुणस्तरीय, सस्तो, आधुनिक जुत्ताचप्पल उपलव्ध गराउन एक्स्पोको आयोजना गरिएको अध्यक्ष उपाध्यायले बताए ।

छिमेकी राष्ट्रवाट चोरी पैठारी भै आउने जुत्ताचप्पललाई विक्री वितरण न्यून गर्न विराटनगरमा स्वदेशी उत्पादन वृद्धिका लागि एक्स्पो आयोजना गरिएको आयोजकको दार्व रहेको छ ।

अध्यक्ष उपाध्यायका अनुसार नेपालमा वार्षिक १० करोड जोडी जुत्ताचप्पलको खपत रहेकोमा स्वदेशी उत्पादन ४ करोड ७५ लाख जोडी जुत्ताचप्पलको खपत रहेको बताए । स्वदेशी जुत्ताचप्पलले वार्षिक रुपमा ३२ अर्व वरावरको उत्पादन हुने गरेको छ भने १६ अर्व उद्योगमा लगानी रहेको उनले बताए ।

विदेशी उत्पादनलाई प्रतिस्थापन गर्नका लागि आयात हुने तयारी जुत्ताचप्पलमा न्यून मूल्याङ्गक नियन्त्रण गरी स्वदेशी उद्योगले आयात गर्ने कच्चा पदार्थमा छुटको व्यवस्था हुने पर्ने अध्यक्ष उपाध्यायले बताए ।

नेपाल सरकारले गुणस्तर नेपाली जुत्ताचप्पल उत्पादन गर्नका लागि गत वर्ष र यस वर्ष गरी ६०० सय दक्ष जनशक्ति उत्पादनका लागि तालीममा सहयोग पु¥याएको अध्यक्ष उपाध्यायका जानकारी दिए । करि तीन सातासम्म हुने एक्पोमा करवि २ करोडको कारोवार तथा २ लाख सर्वसाधारणले अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर