AArya
RUMPUM
animated ellipse animated ellipse

चार वर्षपछी प्याब्सन स्पोर्टस् मिट हुर्दै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ माघ २०७५, आईतवार १७:४६
3
Shares

पुष्पराज थपलिया
विराटनगर । मोरङ प्याव्सनले चार वर्षपछी पुन : स्पोर्टसे मिटको आयोजन गर्नै भएका छन् । यस अघि २०७१ सालमा टिकाराम ढकाल अध्यक्ष भएको बेला भएको थियो ।

प्याब्सन मोरङले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि १० औं प्याब्सन स्पोर्टस् मिट माघ १० गते देखि आयोजना हुने आयोजकले जनाएका छन् ।प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेतले सधै विराटनगर भइरहेको प्याब्सन स्पोर्टस् मिट यसपाली विराटनगरमा हुने महिला साफ फुटबलका कारण मैदान अभावले मोरङको उत्तरी भेग लक्ष्मी खेल मैदान लक्ष्मी मार्गमा हुने बताए ।

प्याब्सन स्पोर्टस् मिटमा मोरङमा प्याब्सनसँग आबद्ध २ सय ३८ वटा निजी स्कूलबाट करिव १ हजार ५ सय विद्यार्थी खेलाडीहरुको प्रत्यक्ष सहभागि रहने अध्यक्ष बस्नेतल जानकारी दिए अध्यक्ष बस्नेतका अनुसार २५ भन्दा बढी एथलेटिक्सका खेलहरु समावेश गरेको बताए ।
तीन दिनसम्म सञ्चालन हुने प्याब्सन स्पोर्टस् मिटमा करिव १२ लाख खर्च हुने आयोजकले बताएको छ ।

प्याब्सन स्पोर्टस् मिटमा छात्र तथा छात्रातर्फ दौड, रिले दौड, लङजम्प, हाईजम्प,त्रिफल जम्प, सर्टपुट ज्याभ्लिङ थ्रो तथा भलिभलको खेलहरु समावेश गरिएको प्याब्सन मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर