पूर्वाञ्चल खबर
विराटनगर / ६६ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा विराटनगरस्थित सत्य नारायण माध्यमिक विद्यालयले दुई जना संचारकर्मीसहित सात जनालाई सम्मान गरेको छ ।
विद्यालयले आज हिमशिखर टेलिभिजनका विराटनगर प्रमुख अर्जुन आचार्य र नयाँ पत्रीका दैनिकका प्रदेश प्रमुख गणेश लम्सालसहित ७ जनालाई सम्मान गरेको हो । पत्रकार आचार्य र लम्साल विद्यालयका पूर्व विद्यार्थी समेत हुन् । त्यसैगरी कार्यक्रममा आफ्ना बालबालिकाको पठन पाठनमा चासो देखाउने र नियमित रुपमा विदालयमा सम्पर्क गर्ने अभिभावक, जेहेनदार विद्यार्थीहरु र उत्कृष्ठ शिक्षकहरुलाइ पनि पुरस्कृत गरिएको थियो । सम्मानित हुनेमा जया सहनी , मनोजकुमार पण्डित , बिनोदप्रसाद साह कुबेरबहादुर आले मगर र राधेश्याम सरन रहेका छन् ।
कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगर भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि महानगरपालिकाले नमुना विद्यालय कार्यक्रम सुचारु गरेको बताए ।
अभियान अन्तर्गत पहिलो चरणमा नगर क्षेत्र भित्रका पाँच वटा विद्यालयहरुलाइ अंग्रेजी माध्यम बनाउने र प्राविधिक शिक्षा अनिवार्य गराउन प्रति विद्यालय ५० लाख रुपैयाँ बजेट व्यवस्थापन गरिएको मेयर पराजुलीले जानकारी दिए । राज्यले शिक्षा क्षेत्रमा लगानि गर्दा गर्दै पनि सामुदायिक विद्यालयहरुले अपेक्षाकृत नतिजा दिन नसकिरहेको बताउँदै उनले सामुदायिक विद्यालय भीत्र राजनिति गर्ने शिक्षकलाई महानगरपालिकाले कारवाहि गर्ने समेत चेतावनी दिए ।
विस २००४ सालमा स्थापना भएको सत्यनारायण माविमा हाल पत्रकारिता , कानून , शिक्षा , व्यवस्थापन र ईन्जिनियरिंग बिषयको पठनपाठन हुदै आएको छ । कक्षा ६ देखि १२ सम्म पठनपाठन हुने यो विद्यालयमा हाल १४ सय बिद्यार्थी अध्यनरत रहेको र अँग्रेजी र नेपाली दुवै माध्यममा पठनपाठन भैरहेको प्राधानअध्यापक धर्मानन्द खरेलले बताए ।
बर्षिकोत्वस कार्यक्रममा विद्यार्थीहरुले कवाज प्रर्दशन गर्ने , आफुले बनाएका डोजर र पानी तान्ने पम्म प्रर्दशनगर्नेदेखि बिभिन्न गीत , नृत्य र कलाहरु प्रस्तुत गरेका थिए ।