पूर्वाञ्चल खबर
चिकित्सक संघले विराटनगर आँखा अस्पतालको सहयोगमा सुनसरीको बर्जु गाउँपालिका–३ मा ररहेको अमडुवा प्राथमिक विद्यालयमा सो शिविरको आयोजना गरेको थियो ।डा. टीएन रायको ४२ ओं पुण्यतिथिको अवसर पारेर स्वास्थ्य शिविरको आयोजना गरिएको चिकित्सक संघका अध्यक्ष डा.रवीन्द्र रायले बताए । डा. रायको अनुसार सो शिवरमा मोतियाविन्दु, कान, दाँत, रक्तदान र होमियोपैथिक स्वास्थ्य शिविरको आयोजना गरिएको बताए ।
स्वास्थ्य शिविरमा आँखा तथा कान र दाँत गरि ५ सय ९ तथा होमियोपैथिक शिविरमा १ सय १० जना विरामिले स्वास्थ्य लाभ लिएको होमियोपैथिक संघका महासचिव रविप्रकाश रायले जानकारी दिए । स्वास्थ्य शिविरको उद्घाटन सामाजिक विकाश मन्त्री जिवन घिमिरेले गरेका थिए ।