AArya
RUMPUM
animated ellipse animated ellipse

आठ विघा उखु खेतीमा दन्कियो आगो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ माघ २०७५, मंगलवार १७:५३
3
Shares

विराटनगर / विराटनगर– ११ बरमपुरास्थित ८ विघा उखुखेतीमा भिषण आगोलागी भएको छ ।

आज दिउँसो साढे १ बजेदेखी सुरु भएको आगो दुई घण्टापछि नियन्त्रणमा आएको हो । नागेश कोइरालाको उखुखेतीमा आगो लागेको हो । आगोलागीबाट करिब ४ लाखको उखु नष्ट भएको उनले जानकारी दिए । ५१ बिघा जग्गा मध्ये १० विघा जमिनमा उखु खेती लगाएको उनले बताए ।

आज दिउँसो एकासी लागेको आगोलागीबाट ८ विघा जमिनमा लगाएकोे मध्ये ४ लाखको उखु पूर्ण रुपमा जलेर नष्ट भएको बताए । ‘बारीमा पाकेको उखु विक्री गर्ने तयारीमा लागि परेका थियौं,’ उनले भने, ‘तयारी उखु जलेर आधा भन्दा बढी पूर्ण रुपमा नष्ट भयो । ८ विघामा ४ हजार क्वीन्टल उखु उत्पादन हुने लक्ष्य थियो ।’ आधा भन्दा बढी आगो लागेर नष्ट भएको उनको भनाई छ । कसले के कारणले उखु खेतीमा आगो लागेको त्यो भने खुलेको छैन ।

स्थानियको अनुसार आगोलागी भएको उखुखेतीमा दमकल जाने बाढो नहुँदा बढी क्षती हुन गएको बताएका छन् । ‘दमकल आगो लागेको जानकारी पाएपछि समयमै आएको थियो,’ कोइरालाले भने, ‘आगो लागेको स्थानमा जानेबाटो नहुँदा बाटैमै बस्यो । जसको कारण उखु बढी क्षति हुन पुग्यो ।’ आगो स्थानियबासी प्रहरीको सहयोगमा स्थानिय नहरबाट पम्पसिटबाट पाइपमा पानी तानेर आगो लागेको २ घण्टा पछि नियन्त्रणमा आएको विराटनगर महानगरपालिका ११ का वडा अध्यक्ष तीथेन्द्र न्यौपानेले जानकारी दिए ।

‘दुव्र्यसेनी वा रिसीविको कारण आगो लगाइयो’
५२ विघा मध्धे १० विघा जमिनमा उखु खेती लगाउने नाकेश कोइाराला नेपाली काँग्रेस मोरङको सचिव हुन् । उनले गत वर्ष मात्र १० लाख रुपैयाँ लगानी गरेर उखु खेती लगाएका हुन् । गत वर्षमात्र १० विघामा उखु खेती लगाएको उनले जानकारी दिए । आज एकासी लागेको आगो लागूऔषध प्रयोगकर्ता वा रिसिविको कारणले गर्दा लगाएको हुन सक्ने उनले बताए । ‘आगो कसले लगायो यस विषयमा प्रहरी प्रशासनले खोजी गरि आवश्यक कारवाही गर्नुपर्दछ,’ उनले भने ।

यता इस्टन सुगर मिलका बलक नम्बर १ हेर्ने भागवत यादवले ३ तीन दिन भित्र काटेर मिल पु¥याए बढी नोक्सानी नपर्ने बताए । ‘अहिले जलेको उखुको ३÷४ दिन भित्रमा काटेर मिल पु¥याए भाउ आउँछ,’ उनले भने, ‘एक हप्ता भन्दा बढी समय काटे कामै लाग्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर