CLASSICTECH NET

अन्तराष्ट्रिय आमन्त्रण खुल्ला ब्याडमिन्टनमा एपिएफको वस्चर्व

खबर पूर्वाञ्चल, ३० पुष २०७५, सोमबार १९:५६

विराटचौक / एपिएफका जोडी अन्तराष्ट्रिय आमन्त्रण खुल्ला ब्याडमिन्टन प्रतियोगिताको मिक्स युगल तर्फ हाबी भएका छन् ।

आज सम्पन्न क्वाटरफाईलनमा एपिएफका तीन टिमले सेमिफाईनल यात्रा तय गरे । एपिएफका पुजा श्रेष्ठ र दिपेश धामीको जोडीले बिबिएका सिमा राजवंशी र सुजन श्रेष्ठको जोडीलाई २१–१६, २१–१२ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाए । यस्तै एपिएफकै सुनैना मुखिया र गौतम कठायतको जोडीले सेनाका अमिता गिरी र नविन श्रेष्ठको जोडीलाई २१–१२, २१–१८ ले पाखा लगाउँदै सेमिफाईनलमा श्रेष्ठको जोडीसंगको भेट पक्का ग¥यो । अर्को खेलमा सेनाका अनुमाया राई र नम्बर एक खेलाडी सेनाका रत्नजित तामाङ्गको जोडीले बिबिएका निता लम्साल र प्रनिश सिंह ठकुरीको जोडीलाई २१–१०, २१–१३ ले पराजित गर्दै सेमिफाईनलमा एपिएफका शोभा गौचन र बिजित थापा मगर संगको भेट पक्का गरे । शोभा र बिजितको जोडीले बिबिएका सूर्य श्रेष्ठ र धनमाया लिम्बुको जोडीलाई २१–१४, २१–१३ ले हराए ।

दूर्गादेवी दुलाल सुन्दरहरैंचा स्पोर्टस् ग्रामद्वारा आयोजित प्रतियोगितामा अन्तराष्ट्रिय बिजेता प्रिन्स दाहालले आफ्नो बिजयी यात्रालाई कायम राख्दै क्वाटरफाईनलमा एपिएफका गौतम कठायतलाई २३–२१, २१–१३ ले पराजित गर्दै सेनाका रुकेश महर्जनसंगको भेट पक्का गरे । रुकेशले पुलिसका बिष्णु कटुवाललाई २१–१४, ११ –२१, २१–१६ ले पाखा लगाए । यसैगरि सेनाका प्रफुल महर्जनले एपिएफका बिजित थापा मगरलाई २१–१५, १५ –२१ र २२–२० को कठिन जित निकाले । अव प्रफुलले एपिएफका सुनिल जोशी संगको भेट पक्का गरेका छन् । सुनिलले पुलिसका जीवन आचार्यलाई २१–१४, १७ –२१, २१–१४ ले पन्छाउन सफल भए ।

भेट्रान्स युगल तर्फको खेलमा बिराटनगरका जीवन बोगटी र खोटाङ्गका दीपक राईको जोडीले धनकुटाका दीपक लामा र कुमार दाहालको जोडीलाई २२–२०, २१–१७ ले, पोखराका रमेश भट्टचन र धादिङ्गका बिष्णुलाल श्रेष्ठको जोडीले लक्ष्मी मार्गका सन्तोष राई र पदम धिमालको जोडीलाई १७ –२१, २१–८, २१–१३, र धनकुटाका किरण प्रधान र योगेश्वर श्रेष्ठको जोडीले ईटहरीका सुरेश कार्की र श्याम लामाको जोडीलाई २१–१७, २१–१५ ले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाए । अर्को एक जोडी बिराट ब्याडमिन्टन क्लबका संजय भक्तराज र के.बि. गुरुङ्ग पनि सेमिमा स्थान बनाउन सफल भए । के.बि. गुरुङ्ग एक हात नभएका अपाङ्ग खेलाडी हुन् ।

शोभा र बिजितको जोडीले बिबिएका सूर्य श्रेष्ठ र धनमाया लिम्बुको जोडीलाई २१–१४, २१–१३ ले हराए ।

पुरुष युगल तर्फ एपिएफका दिपेश धामी र बिजित थापामगरको जोडीले दमकका प्रकाश राई र सुदेन राईको जोडीलाई २१–१३, २१–१४ ले पराजित गर्दै सेनाका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीसंग सेमिफाईनल भेट पक्का गरे । महर्जन जोडीले बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका सुजन श्रेष्ठ र प्रनिश सिंह ठकुरीका जोडीलाई २१–१३, २१–११ हार चखाए । यसैगरि सेनाका रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडी बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका सूर्य श्रेष्ठ र रविन साउदेनको जोडीलाई २१–१४, २१–१७ ले हराउँदै सेमिमा पुगे । रत्नको जोडीले अव फाईनल प्रवेशका लागि एपिएफका गौतम कठायत र सुनिल जोशीको जोडी संग प्रतिस्पर्धा गर्नेछन् । गौतम र सुनिलको जोडीले पुलिसका बिष्णु कटवाल र जीवन आचार्यको जोडीलाई १३ –२१, २१–१८, २२–२० ले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाएका हुन् ।

तपाईको प्रतिक्रिया

AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
HIMALYAN DARSHAN COLLEGE
Sagarmatha nishan add
merryland college
NIHAREEKA
NEPAL BUSNESH COLLEGE
ORCHID COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५