CLASSICTECH NET

विपन्न, असह्रायलाई कम्बल वितरण

खबर पूर्वाञ्चल, ३० पुष २०७५, सोमबार १९:३५

रंगेली / समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय मोरङले मोरङको रङगेली नगरपालिका ८ हाडागीमा आज विपन्न, असह्रायलाई कम्बल वितरण गरेको छ ।

१ नम्बर प्रदेश प्रहरी प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा स्थानीयवासीहरुसंग छलफल तथा बिपन्न, असह्राय बगर्का स्थानीयवासीहरुलाई ९० थान कम्बल वितरण गरिएको थियो । गोरधनदास कमलावती परोपकारी प्रतिष्ठान बिशाल ग्रुपले उपलब्ध गराएको ९० थान न्यानो कम्बल १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजाल, रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया र जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले वितरण गरेका छन् ।

कार्यकममा १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रिजालले नागरीकहरुको हरेक दुख सुखमा प्रहरी साथ रहेको बताउँदै स्थानीयस्तरमा भएका समस्याहरुलाई निर्धक्कसाथ प्रहरीलाई जानकारी गराउन र बेलैमा सूचनाहरु दिएमा प्रहरीले आमनागरिकको सुरक्षामा कति पनि कन्जुस्याई नगर्ने बताए । रङगेली नगरपालिकाका प्रमुख दिलिप बगडियाले प्रहरी, जनप्रतिनिधीहरु र स्थानीय नागरीकहरु एक अर्कामा सहकार्य गर्दे अगाडी बढेमा मात्र समृद्ध र सुरक्षित हुने बताए । मोरङ जिल्ला प्रहरी प्रमुख केसीले पिछडीएको बर्ग र स्थानहरुमा प्रहरीको पहुँच पुर्याभउने उदेश्यले समुदायसंग चिया भन्ने कार्यक्रमलाई अगाडी सारिएको बताउँदै यस्ता कार्यक्रमलाइ निरन्तरता दिने बताए ।

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५