RUMPUM
animated ellipse animated ellipse

गैससका भावि कार्यक्रमबारे छलफल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ पुष २०७५, आईतवार २२:४४
3
Shares
विराटनगर / सन् २०१९ मा गैरसरकारी संस्थाले मोरङमा संचालन गर्ने कार्यक्रमको प्रभावकारिताको विषयमा आइतबार विराटनगरमा छलफल कार्यक्रम आयोजना गरिएको छ ।

जिल्ला स्तरीय रुपमा हुने कार्यक्रमको प्रभाव, स्थानीय सरकारसँगको समन्वय र यसको प्रभावकारिताको विषयमा २०१९ मा गर्ने कार्यक्रमहरुको विषयमा नारी विकास संघ, एमडिएमए र एनसीडीसीले सरोकारवालासँग छलफल चलाएका हुन । जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गैरसरकारी संस्थाका कार्यक्रम थप जनमुखी हुनुपर्ने सुझाव दिइएको थियो । पोखरेलले भने,‘‘स्थानीय सरकारसँग समन्वय गरी अझ प्रभावकारी रुपमा आउँदा मात्र गैरसरकारी संस्थाको कार्यक्रम सार्थक बन्न सक्छन् ।’ सँगै कसरी समन्वय गरेर अघि बढ्न सकिन्छ भनेर संस्थाहरुबीच पनि समन्वयको खाँचो रहेको पोखरेलको तर्क थियो ।

विराटनगरमा भएको छलफलमा ग्रामथान गापा उपप्रमुख फूलकुमारी चौधरी,बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझी, जिल्ला शिक्षा समन्वय समितिका राजेन्द्र बुढाथोकी, वल्र्ड भिजन, नारी विकास एमडिएमए र एनसीडीसीका प्रतिनिधि सहभागी थिए ।

कार्यक्रमबारे आवश्यक सल्लाह सुझाव दिइनुका साथै गैरसरकारी संस्थाले नमूना कार्यक्रमहरुलाई अघि बढाउन सुझाव दिइएको नारी विकास संघकी कार्यक्रम अधिकृत सरिता अधिकारीले बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर