AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सरकाले न्याय क्षेत्रलाई शुद्ध र पवित्र बनाउने योजना –कानूनमन्त्री ढकाल

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ पुष २०७५, आईतवार १७:००
3
Shares
फाइल तस्वीर
विराटनगर / न्यायापालिकाले स्थायी प्रकृतिको नेतृत्व पाएकाले न्यायालयप्रति जनताको आस्था र विश्वास बढ्ने कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले वताए ।

विराटनगरमा आज कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आयोजित मुलुकी देवानी संहिता र मुलुकी अपराध संहिता सम्बन्धी अन्तक्रिया कार्यक्रमको उद्घाटन गर्दै मन्त्री ढकालले सरकाले न्याय क्षेत्रलाई शुद्ध र पवित्र बनाउने योजना रहेको बताए ।

मुलुकी र देवानी संहिता सबैलाई समेटिएको सझापा दस्तावेज हो भन्दै यसलाई सफल बनाउन सबैको साझा प्र्रयासको खाँचो रहेको मन्त्री ढकालले बताए ।
मन्त्री ढकालले व्यक्तिको स्वतन्त्रताको हकलाई सुरक्षित पार्न सरकार सचेत छ वताँउदै संविधान सहित ३३९ वटा कानून रहेको र मौलिक हक सम्बन्धी कानून बनिसकेको जानकारी गराए ।

संविधान अनुकुल सवै कानून बनाई सक्नु पर्ने बाध्यताका कारण सरकारले दुई वटा विधेयकको रुपमा १६५ वटा कानूनलाई संशोधनको प्रत्रियामा लगिसकेको वताउँदै मन्त्री ढकालले सर्वोच्च अदालतको एक हजार ३३९ रिक्त दरबन्दी परिपूर्ति गर्न स्वीकृत गरिसकेको बताए ।

जारी मुलुकी र देवानी संहिताबाट नेपाली जनता उधेलित हुनु स्वभाविक हो भन्दै यसमा भएको कमी र कमजोरी संशोधन गर्ने अवस्था उभिएको मन्त्री ढकालले प्रष्ट पारे ।
प्रदेश १ का कानून तथा आन्तरिक मामिलामन्त्री हिक्मतकुमार कार्कीले संविधान, कानून र नागरिकको आचरण बीच अन्तर छ भन्दै समाजलाई अगाडि बढाउन आमनागरिकले बुझ्ने गरीको कानून हुनु पर्ने बताए ।

मन्त्री कार्कीले कानूनलाई पालना गराउन सशक्त योजना बनाई गाउँपालिका र नगरपालिका तहसम्म कानून साक्षर अभियान सञ्चालन गर्नु पर्ने भन्दै प्रदेशमा २४ वटा कानून पारित भएको र यसलाई कार्यान्वयन गर्न आवश्यक निर्देशिका तथा कार्यविधिहरु बन्ने अवस्थामा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर