पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर–८ मा रहेको ग्रेडेड सेकेण्डरी बोर्डिङ स्कूलमा फुड फिष्टा कार्यक्रम भएको छ ।
स्कूलले आज शनीबार स्कूल प्राङ्गमा एक कार्यक्रमको आयोजना गरी फुड फिष्टा कार्यक्रमको शुरु गरेको हो । फुड फिष्टामा स्कूलमा अध्ययनरत कक्षा ६ देखि कक्षा ८ सम्मका १ सय ५२ जना विद्याथीहरु सहभागि रहेको शिक्षक लता थापाले जानकारी दिइन् ।
स्कूलमा पढाइका साथै अतिरिक्त कार्यक्रम सधै अगाडि रहेको स्कूलका प्रिन्सिपल प्रेमसिंह सुवालले यस्ता किसिमको कार्यक्रमले विद्यार्थीमा सिप मुलक सिक्ने उजागर बढ्नलाइृ मद्दत गर्ने बताए । कार्यक्रममा विद्यार्थीहरुले चिया, चप,पुलाउ, तरकारी र अचारलगायतका सामाग्रीहरु बनाएका थिए ।