CLASSICTECH NET

लागूऔषध सहित १ पक्राउ

खबर पूर्वाञ्चल, २८ पुष २०७५, शनिबार ११:१२

विराटनगर / मोरङको बिराटनगर महानगरपालिका १२ बाट ठुलो परिणामको लागू औषध सहित १ जना पक्राउ परेका छन् ।

सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उपमहानगरपलिका-१५ का ४५ बर्षीय दिप बस्नेतलाई ३ सय ८४ ट्याब्लेट स्पास्मोप्रोक्सिवन र २ बोतल डाईलक्स डिसीसहित पक्राउ गरेको हो । को ३ प ८७४१ नम्बरको मोटरसाईकलमा सवार बस्नेतलाई रोकी चेकजाँच गर्ने क्रममा बस्नेत मोटरसाईकलको हेल्मेट भित्र लुकाई छिपाई राखेको उक्त परिणामको लागूऔषध बरामद गरिएको हो ।

लागूऔषध सहित पक्राउ परेका बस्नेतलाई ईलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भईरहेको रानी प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५