RUMPUM
animated ellipse animated ellipse

प्रिन्सले जिते दोहोरो उपाधी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ पुष २०७५, शुक्रबार २०:१८
3
Shares

विराटनगर / दुवई अन्तराष्ट्रिय जुनियर ब्याडमिन्टनका विजेता प्रिन्स दाहालले राष्ट्रपति कप जुनियर अन्तराष्ट्रिय ब्याडमिनटन प्रतियोगितामा दोहोरा जित हात पार्दै उपाधी जितेका छन् ।

प्रिन्स यू–१९ र यू–१५ दुवै तर्फ विजयी भएका हुन् । उनले फाईलनमा यू–१९ मा उच्च बरिएताका प्रफुल महर्जनलाई २१–८ र २१–१० ले पराजित गर्दै उपाधी उचाले । यस्तै यू–१५ मा उनले म्यानमारका ज लिन थुलाई २१–१५, १७ –२१, २१– ९ ले पराजित गर्दै दोहोरो उपाधी उचाले ।

मोरङ्ग जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिला यू–१९ मा उच्च बरिएताकी जेशिका गुरुङ्गले रशिला महर्जनमाथी २४–२२, २१–१४ ले पाखा लगाउंदै उपाधी जितिन् । यस्तै उनले रशिलासंग मिलेर यू–१९ गल्र्स जोडीतर्फ पनि उपाधी हात पारिन् । जेशिका र रशिलाको जोडीले शिमा राजवंशी र निता लम्साललाई २१–१२, २१–३ ले पाखा लगाए ।

सहिद रङ्गशालास्थित कभर्डहलमा भएको प्रतियोगिताको यू –१९ पुरुष युगल तर्फको खेलमा म्यानमारका ज लिन थु र थु रिनको जोडीले प्रफुल महर्जन र रुकेश महर्जनको जोडी माथी १९ –२१, २१–१८ र २१–१७ को जित निकाल्दै उपाधी उचाले ।

यू–१५ गल्र्स तर्फको खेलमा उच्च बरिएताकी रशिला महर्जनले स्मृती राईलाई २१–७, २१–३ ले पराजित गर्दै उपाधी हात पारिन् ।
विजयी शिर्ष तीन स्थान हात पार्ने खेलाडीहरुले क्रमशः नगद २ सय डलर, १ सय डलर र ५० डलरसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् ।

बिजयी खेलाडीहरुलाई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलगायतले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर