RUMPUM
animated ellipse animated ellipse

वार्षिकोत्सवको अवसर पारेर अनाथ आश्रमलाई सहयोग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ पुष २०७५, बुधबार २०:२८
3
Shares

विराटनगर / ११ औं वार्षिकोत्सवको अवसर पारेर मदिरा व्यवसायी संघ मोरङले पूर्वाञ्चल अनाथआश्रम विराटनगरका वालवालिकाहरुलाई आज खाना खुवाउनुका साथै कम्प्यूटर, खेलकूदका सामाग्री प्रदान गरि मनाएको छ ।

आश्रममा रहेका ८० वालवालिका, वृद्धिवृद्धाहरुलाई खाजा, खाना खुवाउनुका साथै फूटवल र व्याडमिण्टन प्रदान गरिएको छ । सोही अवसरमा संघले आश्रम परिसरमा रक्तदान समेतकोे कार्यक्रमको आयोजना गरिएको छ । रक्तदानमा ६० जनाले रक्तदान गरेको संघका अध्यक्ष अन्सु बञ्जाराले वताए ।

विगत वर्षहरुमा होटल र पार्टी प्लेसहरुमा रमाइला कार्यक्रमहरु गरि मनाइने गरेकोमा यसवर्षदेखि समाजमा केही गरु भन्ने उद्देश्यले आश्रमलाइ सहयोग गरी मनाइएको संघका उपाध्यक्ष रमेश गिरीले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर