RUMPUM
animated ellipse animated ellipse

मनमोहन क्रिकेटमा आर्मीलाई सफलता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ पुष २०७५, मंगलवार २०:२८
3
Shares

इटहरी / मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत ग्रुप वि को पहिलो खेलमा नेपाल आर्मी विजयी शूरु गरेको छ ।

इनरुवा खेल मैदानमा आज भएको खेलमा आर्मीले प्रदेश नम्वर ३ लाई १ सय १८ रनको फराकिलो अन्तरले पराजित गरेको छ । आर्मीले दिएको २ सय ८९ रनको विजयी लक्ष्य पछ््याएको प्रदेश नम्वर तीनले ३६ दशमलव २ बलमा १ सय ७० रनमा अलआउट भयो ।

प्रदेश ३ का इशान पाण्डेले ७५ रनको पारी खेलेपनि टिमलाई जित दिलाउन भने सकेनन् । लामो समय क्रिजमा बिताएका पाण्डेसँग अन्य ब्याट्सम्यानले साझेदारी निभाउन नसक्दा एकपछि अर्को विकेट गुमाएको प्रदेश तीन फराकिलो अन्तरमा पराजित हुन पुग्यो । पाण्डेबाहेक आदिल खानले ३२ रन र जितेन्द्रसिंङ ठकुरी र सोनु तामाङले समान १६–१६ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् । आर्मीका सहाब आलम एक्लैले ४ विकेट लिए । त्यस्तै बिक्रम सोब र जितेन्द्र मुखियाले २–२ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले पुरै ५० ओभर खेल्दै ५ विकेटको क्षतिमा २ सय ८८ रन बनाएको थियो । आर्मीकालागि रोहित पाण्डेले नट आउट ८० रनको योगदान दिए । पाण्डेले ४९ बलमा ६ चौका र ४ छक्का प्रहार गरि सो रन बनाएका थिए । त्यसैगरी आर्मीका भीम सार्कीले ७१ रन जोड्दा क्याप्टेन विनोद भण्डारीले ४८ रन जोडे । प्रदेश ३ का प्रतिस जिसी र जितेन्द्रसिंङ ठकुरीले २–२ विकेट र सूर्य तामाङले १ विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच आर्मी टिमका रोहित पाण्डे घोषित भए । प्रतियोगिता अन्र्तगत भोलिको खेल आर्मी र प्रदेश नम्वर ६ बीच हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर