RUMPUM
animated ellipse animated ellipse

सभामुख कप राष्ट्रिय भलिवल प्रतियोगिताको उपाधि पुलिसलाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ पुष २०७५, सोमबार २०:५६
3
Shares
सुनसरी/ ईटहरीमा जारी दोश्रो सभामुख कप पुरुस राष्ट्रिय भलिवल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

पुलिसले आज भएको फाइनल खेलमा अर्को विभागिय टाली नेपाल आर्मीलाई ३–१ को सेटले पराजित गर्दै उपाधी हात पारेको हो उपाधिसँगै पुलिसले नगद ४ लाखसहित ट्रफि हात पारेको छ ।

सुनसरी जिल्ला खेलकुद बिकास समितीले आयोजना गरेको प्रतियोगितामा उपविजेता भएको आर्मीले नगद २ लाख रुपैयामा चित्त बुझाएको छ । ईटहरी रंगशालाको कोर्टमा सम्पन्न फाइनलमा पुलिसले आर्मीलाइ २६–२४, २२–२५, २५–२१ र २५–१७ को स्कोरले पराजित गरेको हो । प्रतियोगितामा पुलिससंग पराजित एपीएफ गण्डकी प्रदेशलाई पराजित गर्दै तेस्रो भएको छ । आजै भएको तेस्रो स्थानको खेलमा विभागिय टोली एपीएफले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै तेश्रो स्थान सुरक्षित गरेको हो ।

एपीएफले २५–२२, २५–१६ र २६–२४ को सेटमा जित निकालेको हो । तेस्रो भएको एपीएफले नगद १ लाख सहित ट्रफी पाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी नेपाल आर्मीका धनबहादुर भट्ट घोषित हुदै २४ इन्चको एलईडी टिभी प्राप्त गरे । यस्तै उत्कृष्ट स्पाइकर पुलिसका कुलबाहादुर थापा, उत्कृष्ट ब्लकर पुलिसकै दिपक जोशी, उत्कृष्ट सेटर पुलिसकै एमबाहादुर मगर घोष्ति भए । यस्तै उत्कृष्ट डिफेन्डर आर्मीका इश्वर थापा र उत्कृष्ट क्विकर आर्मीकै भैरव बम घोषित भए । उत्कृष्ट प्रशिक्षक पुलिसका सरोज श्रेष्ठ भए । उनीहरु सबैले जनही नगद ५ हजार सहित ट्रफि र प्रमाणपत्र प्राप्त गरे ।

विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव बिष्ट, बोर्ड सदस्य शम्भु आचार्य, सल्लाहकार शालिगा्रम खड्का, पूर्वाञ्चल खेलकुद बिकास समितीका अध्यक्ष रविन नगरकोटी, एन्फा सुनसरी अध्यक्ष केशव कार्कीलगायतले पुरस्कार वितरण गरे । राष्ट्रिय खेलकुद परिषदको संरक्षणमा आयोजना भएको प्रतियोगिताको ब्यवस्थापक तथा प्रवद्र्धक सुनसरी जिल्ला भलिबल संघ र सहयोगी संस्थाको रुपमा इटहरी उपमहानगरपालिका, पूर्वाञ्चल भलिबल संघ प्रदेश नम्बर १ र प्रगति समाज सेवा क्लब इटहरी रहेका थिए । गत बिहीबार सुरु भएको प्रतियोगितामा तीन बिभागिय टिम सहित ७ वटै प्रदेशका टिमहरु सहित १० टोलीको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर