पूर्वाञ्चल खबर
विराटनगर / राष्ट्रिय समाचार समिति प्रदेश नं १ कार्यालय विराटनगरलाई सक्दो सहयोग गर्ने विराटनगर महानगरपालिकाका प्रमुख भीम पुराजुलीले प्रतिवद्धता गरेका छन् ।
रासस कार्यालयको आज निरीक्षण गर्ने क्रममा उनले वर्तमान अवस्थामा कार्यालयमा भएको सुधारको प्रशंसा गर्दै जनतालाई सूसुचित गर्ने रासस समय अनुकूल वन्नु पर्नेमा जोड दिए ।
प्रदेश कार्यालयलाई भौतिक निर्माणमा महानगरपालिकाले सहयोग गर्ने आश्वासन दिदै प्रमुख पराजुलीले रासस प्रदेश भवनको मर्मत सम्भार र रंंगरोगनमा सहयोग गर्ने बताए ।
नितान्त सेवामुलुक यो संस्था जनताकै सेवामा समर्पित रहेकोले यसको सहयोग संगै जनताले अझ सूचनाको हक पुहुंच पुग्ने विश्वास प्रमुख पराजुलीले गरे ।
सो अवसरमा रासस प्रदेश नं १ कार्यालय प्रमुख मोहम्मद सदरुल, उपसमाचारदाता मनोज दाहालले कार्यालयको वस्तुस्थितवारेमा प्रमुख पराजुलीलाई अवगत गराए ।