RUMPUM
animated ellipse animated ellipse

समयसापेक्ष शिक्षा आजको आवश्यकता – प्रदेश प्रमुख प्रा.डा. तुम्बाहाङ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ पुष २०७५, शनिबार २२:३२
3
Shares
विराटनगर / प्रदेश १ का प्रमुख प्रा.डा. गोबिन्द तुम्बाहाङले समयसापेक्ष शिक्षा दिनु आजको आवश्यकता रहेको बताएका छन् ।

नेपाल शैक्षिक बजार व्यवस्थापन संघ (इमान)को पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पुरानो शिक्षाप्रणालीले देशले लिएको सुखि नेपाली समृद्ध नेपालको नारा सार्थक हुन नसक्ने बताए ।

देशको आवश्यकता एउटा छ, तर शिक्षाप्रणाली अर्को तिरको हुँदा फलदायी नहुने तर्क गर्दै उनले नेपालको परिवेश र आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन गर्न सोहि अनुरुपको शिक्षा निति अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

प्रमुख तुम्बाहाङले संघिय संरचनामा गएको हाम्रो देशको शिक्षा निति प्रदेश र संघले लिएको समृद्ध नेपालको सपना साकार पार्न सघाउ पुग्ने गरि विकाुस गरिनुपर्नमा जोड दिए । उनले भौतिक पुर्वाधार, कृषि पर्यटनलगायतका क्षेत्रमा अधिक काम गर्नुपर्ने भएकाले सोही क्षेत्रमा काम गर्न सक्नेगरि दक्ष जनशक्ति उत्पादन गर्नु आजको आवश्यकता रहेको तर्क गरे । उनले यसकालागि आवश्यक निति र सेलेबसहरु सोहि मुताबिक तयार हुनुपर्ने बताए । यस्तै पाठ्यक्रम र पुस्तिकाहरु पनि सोहि अनुरुपको आउन आवश्यक रहेको बताए ।

कार्यक्रममा प्याब्सनका केन्द्रीय सल्लाहकार टीकाराम पुरीले अवको शिक्षालाई ज्ञान र सीपसँगै प्रविधिसँग जोड्नुपर्नेमा जोड दिए । २१ औं सताब्दी प्रविधिको युग रहेकाले शिक्षासँग प्रविधि र सोही अनुरुपको शिक्षा आजको आवश्यकता रहेको तर्क गरे । शैक्षिक ज्ञान मात्र भएर पनि बेरोजारीको संख्या घटाउन कठिन हुने भन्दै ज्ञानसँगै सीप र प्रविधिलाई एकसाथ लैजानुपर्नेमा उनले जोड दिए । उनले यसकालागि राज्यले पनि सोहि निति लिनुपर्ने बताए ।

सरकारले निजि विद्यालयहरुमाथि अंकुश लगाउँदै नियन्त्रण र निर्मुल पार्न खोजेको सन्दर्भमा शिक्षामन्त्री प्रति लक्षित गर्दै यसो गर्दा मात्रै समाजवादी शिक्षा हुन्छ भन्ने ठान्नु गलत हुने बताए । सल्लाहकार पुरीले भने,‘हामीले सरकारको ध्यानाकृष्ट गराएका छौ, हाम्रा कुरा नसुनिए, प्याब्सन आन्दोलनमा उत्रन बाध्य हुने बताए ।

पब्लिकेसन र विद्यालय बिच पुलको काम गर्दै आएको इमानका सदस्यले समयसान्दर्भिक पाठ्यपुस्तक प्रकाशन गर्न सुझाव दिनुपर्ने बताए । यस्तै प्याब्सनका सल्लाहकार पुरीले पाठ्यपुस्तक लगाएवापत विद्यालयलाई कमिसन दिने काम बन्द गरि अभिभावकलाई राहत दिन सुझाव दिए ।
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष मातृका शिवाकोटीले सरकारले निजि क्षेत्रलाई हतोत्साही बनाउन खोजेको आरोप लगाए । सरकारले शैक्षिक क्षेत्रसँग जोडिएका निजि लगानीका बिषयमा निरकुंश बन्दै गएको बताए ।

कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य राजेशकुमार दास, इष्टुका रोहिणीरमण दवाडी, प्याव्सनका प्रदेश सचिव टिकाराम ढकाल, हिस्टान मोरङका अध्यक्ष कैलास दाहाल, शिक्षासेवी रुपेश खतिवडा, अभिभावकसंघका देवी पन्थिलगायतले इमानले खेलेको भूमिकाको प्रशंशा गर्दै महाधिवेशन सफलताको कामना गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर