AArya
RUMPUM
animated ellipse animated ellipse

मिसेस हिमालयन नेपाल २०१९ को उपाधी गंगालाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० पुष २०७५, शुक्रबार २०:४४
3
Shares

काठमाडौं /  छैटौं संस्करणको ‘मिसेस हिमालयन नेपाल –२०१९’ को उपाधी गंगा शर्माले जितेकी छिन् । 

जमल स्थीत राष्ट्रिय नाचघरमा हिजो राती भएको फिनालेमा गंगाले ‘मिसेस हिमालयन –२०१९’को उपाधी संगै बिभिन्न गिफ्ट ह्याम्पर जितिन, । त्यस्तै रेखा बलामीले फस्ट रनरअपको ताज चुम्न सफल भईन भने सेकेन्ड रनरअपको उपाधी कविता लामाले जितिन । 

विवाहित महिलाहरुको क्षमता अभिवृद्धि, सामाजिक काममा अग्रसर गराउने र आन्तरिक कला अभिवृद्धि तथा प्रफ़ुस्टन गराउने उद्देश्यले एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगिताका अन्य सव–टाइटल विजेताहरुमा वेस्ट ट्यालेन्ट  विमला पाईजा, वेस्ट फोटोजेनिकमा कविता थापा डङ्गोल, वेस्ट स्माईल रेखा बलामी, वेस्ट पर्सानालिटी गंगा खड्का, वेस्ट स्किन भुमिसरा पाण्डे, मस्ट चार्मिङमा मिजिला महर्जन, मस्ट एक्टिभ कविता लामा, बेस्ट कम्प्लेक्सन हिरा लामा, मस्ट स्मार्टमाचादनी गुरुङ, वेस्ट डिसिप्लिनमा गंगा शर्मा, मस्ट अट्राक्टिभ पवित्र छन्त्याल, मस्ट पंचल रुपा महर्जन, वेस्ट ड्रेस गंगा खड्का छेत्री भए भने मस्ट पपुलरको ताज पवित्र छन्त्यालले हात पारिन् ।

 निर्णायकहरुमा आरजे तथा मोडल कला सुब्बा, मोडल तथा अभिनेता विनय श्रेष्ठ, नायिका मारिस्का पोखरेल, मिस ईको ईन्टरनेसनल विजेता मौनता लामा र मिस्टर ह्यान्ड्सम रनरअप बैभभ उपाध्याय रहेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर