खबर पूर्वाञ्चल
आगजनीमा परि घरबार विहिन बन्नपुगेका दासलाई ५० हजार रुपैयाको चेक मेयर पराजुलीले प्रदान गरे । मेयर पराजुलीले आगजनीमा परेका परिवारलाई लत्ताकपडा र ७ दिनसम्म पुग्ने खाद्य सामाग्री समेत प्रदान गरेका छन् । बिहिवार बेलुका बिद्युत सर्ट भएर दासको घरमा आगजनी भएको थियो । आगजनीबाट कुनै मानविय क्षती नभएपनि उनको घर पूर्णरुपमा क्षती भएको थियो ।
महानगरवाट आउने तलव र भत्ता सामाजिक कार्यमा लगाउने प्रतिबद्धता जनाएका मेयरले मानविय कार्यमा रकम खर्चिदै आएका छन् ।