विराटनगरमा ५२ सहित प्रदेश १ मा ३२० जनामा संक्रमण देखियो

खबर पूर्वाञ्चल, ६ आश्विन २०७८, बुधबार १७:३०

विराटनगर / पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३२० जनामा कोरोना संक्रमण भएको छ । १ हजार ५९ जनाको पीसीआर परीक्षण गर्दा २२९ र ४५१ जनाको एन्टिजेन परीक्षण गर्दा ९१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९३, झापामा ७९, सुनसरीमा ४८, पाँचथरमा २, धनकुटा, संखुवासभा र तेहृथुममा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ५२, पथरीशनिश्चरेमा १५, बेलबारीमा ८, रतुवामाई र लेटाङमा ५–५, सुन्दरहरैचामा ३, सुनबर्षी, उर्लाबारी, मिक्लाजुङ, धनपालथान र कटहरीमा १–१, झापाको विर्तामोडमा २०, दमकमा १७, कनकाईमा १०, शिवसताक्षी र अर्जुनधारामा ८–८, भद्रपुरमा ६, मेचीनगरमा ५, बुद्धशान्तिमा ४, झापा गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ ।

उता सुनसरीको इटहरीमा २८, धरानमा १८, रामधुनी र इनरुवामा १–१, धनकुटाको पाख्रिबास, संखुवासभाको चैनपुर र तेहृथुमको म्याङलुङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १७४ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ८७ महिला र ८७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र ३ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५