AArya
RUMPUM
animated ellipse animated ellipse

राजनीति सुरु गरेको क्याम्पसले राष्ट्रपति भण्डारी अभिनन्दन गर्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ पुष २०७५, बुधबार २०:०१
3
Shares

विराटनगर / राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीति सुरु गरेको महेन्द्र मोरङ क्याम्पस विराटनगरले राष्ट्रपति भण्डारीलाई अभिनन्दन गर्ने भएको छ ।

क्याम्पसका पूर्व विद्यार्थी भण्डारी राष्ट्रको सर्वोच्च पदमा पुगेकोमा क्याम्पसले बिहिबार अभिनन्दनको गर्ने भएको हो । भण्डारीले विस २०३९ सालदेखि २०४१ सालसम्म महेन्द्र मोरङ क्याम्पस अध्ययन गरेकी थिइन् । मानविकी संकाय अन्तरगत राजनीति शास्त्र अध्ययन गरेकी भण्डारीको रोल नम्बर ३२० रहेको थियो ।

आज क्याम्पसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति भण्डारीको विहिबार हुने अभिनन्दन समारोहको सम्पूर्ण तयारी पुरा पुरा भएको क्याम्पस प्रमुख बाबुराम तिमल्सिनाले बताए । क्याम्पस प्रमुख तिम्सिनाको संयोजकत्वमा २०१ सदस्य मूल समिति र ११ उप समिति गठन भएको जानकारी क्याम्पसले जनाएको छ ।
राष्ट्रपतिवाट हुने क्याम्पस भ्रमणवाट यस भेगकै शैक्षिक क्षेत्रको गरिमा वृद्धि हुनका साथै पूर्व विद्यार्थी आज राष्ट्रप्रमखको रुपमा पाउँदा सिंङ्गो क्याम्पस परिवार गौरवान्तिभ भएको उनले बताए । २०७४ साल असार २८ गते पनि राष्ट्रपति भण्डारीलाई अभिनन्दन कार्यक्रम थियो । तर सोही दिन विराटनगरमा बाढी आएपछि कार्यक्रम स्थगित भएको थियो ।

विस २०४० स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा राष्ट्रपति भण्डारीको कोषाध्यक्ष पदमा विजयी समेत भएकी थिइन् । राष्ट्रपति भण्डारीको स्वागतका लागि प्रदेश नं १ का प्रदेश प्रमुख प्रा.डा. गोविन्दवहादुर तुम्वाहाङ, प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राई संघीय सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराज मणि पोखरेल, कानून मन्त्री भानुभक्त ढकाल, संघीय सासद, प्रदेश सदस्य, त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चाल विश्वविद्यलयका पदाधिकारी, विभिन्न विभिन्न विद्यार्थी संघसंगठनका नेताहरुको उपस्थिति रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर