खबर पूर्वाञ्चल
२५ लाख रुपैयाँ लागतमा पार्क भित्र रेल संचालनमा ल्याएको संचालक शम्भू कामतले जानकारी दिए । डिजेलबाट गुड्ने उक्त रेलमा २० जनाको क्षमता रहेको छ । एक जना चालक रहने उक्त मिनी रेलमा ४ वटा डिब्बा रहेको छ । करिब पाँच सय मिटर फन पार्कको प्रवेशद्धारदेखी वरीपरि रेलको लिक बिछ्याएको छ ।
१२ वर्षसम्मका ५० रुपैयाँ र त्यस भन्दा माथि उमेर समूहकालाई एक सय रुपैयाँ शुल्क तोकेको छ । ‘गोपाल फनपार्क संचालनमा आएको १ वर्ष पुरा भयो,’ संचालक भगतले भने, ‘थप सेवा विस्तार अनुसार वर्षदिन पुरा भएपछि मिनी रेल संचालनमा ल्याएका हौं ।’