AArya
RUMPUM
animated ellipse animated ellipse

बुढानिलकण्ठ स्कूलले मनायो राष्ट्रिय ढाका टोपी दिवस

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ पुष २०७५, मंगलवार १६:२७
3
Shares

विराटनगर / विराटनगर – २ मा अवस्थित रहेर विगत ३५ वर्ष देखि शान्त वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बूढानिलकण्ठ अ. मा. वि. ले आज छैटौ राष्ट्रिय ढाका टोपी मनाएको छ ।

राष्ट्रिय ढाका टोपी दिवशको अवसरमा नर्सरीदेखि कक्षा १० सम्मका छात्र–छात्राहरुले राष्ट्रिय टोपी, कसैले भादगाउँले त कसैले पाल्पाली टोेपी लगाएका थिए । “हाम्रो नेपाली टोपी : मेरो गौरव, मेरो पहिचान, मेरो शान ” भन्ने कुरालाई अवगत गराउँदै “नेपाली राष्ट्रिय टोपी” लगाएर विद्यार्थीहरुलाई यस सम्बन्धि महशूस गराएको स्कूलका प्रिन्सिपलले बताए । राष्ट्रिय टोपी तथा राष्ट्रिय पोशाकमा सझिएका विद्यार्थीहरुको पानिटैङ्की, तिनपैनीलगायतका स्थानहरुको परिक्रमा समेत गरेको थियो ।

कार्यक्रमलाई झन उच्च महिमा बनाउन सम्पूर्ण शिक्षकहरुले समेत राष्ट्रिय टोपीका साथै राष्ट्रिय पोशाक लगाएर थप रोचक बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर