AArya
RUMPUM
animated ellipse animated ellipse

नेफाको निर्वाचन : लामिछाने र अली चुनावी मैदानमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ पुष २०७५, शनिबार २१:३८
3
Shares

विराटनगर / पब्लिक हेल्थ एसोसिएसन (नेफा) १ नम्बर प्रदेशको आगमी पुस २१ गते हुने निर्वाचनमा प्रगतिशिल समूहले आफ्नो उम्मेदवार घोषणा गरेको छ ।

एक कार्यक्रमको आयोजना गरि नविन लामिछाने अध्यक्ष रहने गरि प्रगतिशिल समूह बनाएर उम्मेदवारी घोषण गरेका हुन् ।

प्रगतिशिल समूहबाट उपाध्यक्षमा सूर्यनारयण चौधरी, सचिवमा दुर्गाप्रसाद आचार्य, सह–सचिवमा प्रविन यादव, कोषाध्यक्षमा अजय कटुवालले उम्मेदवार घोषणा गरेका छन् । त्यस्तै सदस्यहरूमा देवेन्द्र भट्टराई, कुमार भट्टराईले पनि प्रगतिसिल समूहबाट उम्मेदवार घोषण गरेको बताइएको छ ।

यता पेशागत समूहबाट अध्यक्षको लागि हैदर अलीले उम्मेदवार दिएका छन् । अलीको समूहबाट उपाध्यक्षमा तालबहादुर खड्का, सचिवमा जीवन चौलागाइ र कोषाध्यक्षमा सुदन पौडेललाई अघि सारेको छ । त्यस्तै सदस्यहरूमा धमेन्द्र संग्रौला, संजय ठकुरीलाई उम्मेदावर बनाएको छ ।

अन्तिम समयसम्म सहमति हुने सम्भवना न्यून देखिएपछि अन्त्यमा निर्वाचन हुने देखिएको हो । प्रगतिशिल समूहबाट अध्यक्षमा उम्मेदवार दिएका लामिछाने लामो समयदेखी स्वास्थ्य क्षेत्रमा आवद्ध छन् । उनका समूहबाट आएका उम्मेदवारहरू अनुभवी टिम रहेको नेफा भित्र नै चर्चा चल्न थालेको छ । १ नम्बर प्रदेशका २ सय १७ जना सदस्य छन् । यस संस्थामा जनस्वास्थ्यकर्मीहरू आवद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर