RUMPUM
animated ellipse animated ellipse

पाँच सय बढीले लिए स्वास्थ्य लाभ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० पुष २०७५, मंगलवार २२:०१
3
Shares
विराटनगर / विराटनगर स्थित स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी अस्पताल प्रा.लिले तेस्रो बार्षिक उत्सवको अवसर पारेर विविद्य कार्यक्रम आयोजना गरि मनाएको छ । हस्पिटलले तीन दिनसम्म विविद्य कार्यक्रम गरि आज वार्षिक उत्सव मनाएको हो ।

तेस्रो बार्षिक उत्सबका अवसरमा आयोजना गरेको तीन दिने निःशुल्क शिविरमा पाँच सय भन्दा बढीले स्वास्थ्य लाभ लिएको हस्पिटलका अध्यक्ष रुपेश अधिकारीले जानकारी दिए । शिविरमा स्वास्थ्य परीक्षण गरेका विरामीहरूले निःशुल्क औषधी समेत लिएको हस्पिटलले जनाएको छ ।
शिविरमा वरिष्ठ डाक्टर सुनील पौडेलले शिविरमा ढाड, कम्मर, गर्धन दुख्ने, नसा च्यापिएको, हड्डी खिइएका बिरामीहरू बढी आएको जानकारी दिए । त्यस्तै सुगर, युरिक एसिड जाँचमा निःशुल्क तथा अन्य प्याथोलोजी सेवामा ४० प्रतिशत छुट दिएको अस्पतालले जनाएको छ । यस्तै मंगलबार रक्तदान कार्यक्रममा ७९ जनाले रक्तदान गरेका छन् ।

अस्पतालमा झापा,मोरङ, सुनसरी, भारतको जोगबनी, फारबीसगञ्ज, अररीया लगायतका स्थानबाट आएर स्वास्थ्य लाभ लिएका छन् । यस्तै अस्पतालले उत्कृष्ट काम गर्ने कर्मचारीलाई नगद सहित सम्मान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर