CLASSICTECH NET

साह र खवास मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

खबर पूर्वाञ्चल, ९ पुष २०७५, सोमबार २१:४६

विराटनगर / जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी नायव निरीक्षक अवधलाल साह सोनार र प्रहरी जवान गणेश खवास२०७५साल मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने र सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

विभागीय मुल्य, मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही दक्षिण सिमावर्ती एरियाहरुबाट हुने चोरी र तस्करी नियन्त्रण, फरार रहेका अभियुक्तलाई पक्राउ गर्न सफल भूमिका निर्वाह, विभिन्न आपराधिक समूहमा रही अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरुलाई उच्च मनोवल र साहसका साथ कानूनी दायरामा ल्याउन सफल भई सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने कार्य गरेकोले इलाका प्रहरी कार्यालय मिर्चैया, सिराहा दरवन्दी भई जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी नायव निरीक्षक अवधलाल साह सोनार र इलाका प्रहरी कार्यालय छिटाहा, सुनसरी संचार दरवन्दी भई जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी जवान गणेश खवासले गरेको उत्कृष्ट कार्य सम्पादनको उच्च मुल्यांकन गर्दै २०७५ साल मंसिर “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको हो ।

तपाईको प्रतिक्रिया

EVREST SCHOOL KO SAMMAN
AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
merryland college
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५