RUMPUM
animated ellipse animated ellipse

भारतीय ठूला नोट प्रतिबन्धले नेपालको पर्यटन क्षेत्रमा असर पर्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ पुष २०७५, सोमबार १७:३०
3
Shares

विराटनगर / नेपाल सरकारले भारतीय २ सय, ५ सय र २ हजारको ठूला नोट प्रसतबन्घले नेपालको पर्यटन क्षेत्रमा असर गर्ने मोरङ व्यपार संघका अध्यक्ष पवनकुमार सारडा बताउँछन् । भारतबाट आउने मान्छेले १ सयको मात्र नोट बोकेर आउँदा समस्या हुने बताउँदै उनले सरकारको निर्णयले दुवै देशको व्यपारलाई असर गर्ने बताउँछन् ।

नेपालले पर्यटन बर्ष मनाउने तयारी गरिरहदा भारु नोट प्रतिवन्धले असर गर्ने उनको भनाई छ । सरकारले अचानक ठूला नोटमा लगाएको प्रतिबन्धले नेपाललाई बढी नोक्सान हुने प्रतिनिधिसभा सदस्य संसद पदमनारायण चौधरी बताउँछन् । सरकारले विकल्प नदिई नोट बन्द गर्दा नेपाल आउने पर्यटकहरुमा पनि असर गर्ने उनको भनाई छ । ‘नोटमा प्रतिबन्ध लगाउने हो भने सरकारले सिमा क्षेत्रमा सटही काउण्टर खोल्नु पर्छ ’ उनी भन्छन ‘ बिकल्प नदिई प्रतिबन्ध लगाउने हो भने सार्वसाधरणले दुःख पाउँछन् ।’

त्यस्तै भारत पश्चिम बंगाल दक्षिण दिनाजपुरका अनिल नट्टो आँखाको उपचारकालागि विराटनगर आँखा अस्पताल आएका थिए । उपचारकालागि भारु २ सयका नोट लिएर आएका उनी नोट नचल्ने सुनेपछि अलमलमा परे । ‘उपचारकालागि आउँदा भारु नोट लिएर आएको थियौं ।’ नट्टोसँगै उपचारकालागि आएका बप्पी माल्लकारले भने ‘ नोट बन्द हुँदा नम्बरी नोट कहाँ साट्नु भन्ने दिक्कत छ ।’

मल्लकार नेपालमा भारु नोट प्रतिबन्ध भएको बिषयमा जानकार थिएनन् । नेपालमा नोट नचल्ने भएपछि उपचारकालागि आएकाहरु भारु साट्न सिमावर्ती बजार भारत पुग्ने गरेका छन् । आँखा उपचारकैलागि भारत विहार सहर्साबाट आएका महेन्द्र पोद्दार पनि नोट बन्दीले नम्बरी (१००को) नोट खोज्न समस्या भएको गुनासो गर्छन् ।
विराटनगरको सिमावर्ती क्षेत्र रानीमा खुलेको विराटनगर
आँखा अस्पतालमा उपचारकालागि आउने सेवाग्राही मध्ये आधाभन्दाबढी भारतीय हुन्छन् । एक सय रुपैया भन्दामाथीको नोटमा प्रतिबन्ध लागेपछि भारतबाट उपचारकालागि आउने निम्म वर्गिय सेवाग्राही मार्कामा छन् ।

आँखा अस्पतालमा भारतबाट दैनिक ८ सयदेखि १ हजारसम्म सेवाग्राही आउँछन् । भारतका ग्रामिण क्षेत्रबाट भारु नोट लिएर उपचारकालागि आउने सेवाग्राहीले समस्या भोग्नु परेको अस्पतालका कार्यक्रम संयोजक सुधिर ठाकुर बताउँछन् ।

बिहार,उत्तरप्रदेश बंगालसहित भारतका १६ वटा प्रान्तका सर्वसाधरणको आँखा उपचारको गन्तव्य विराटनगर हो । विराटनगरमा रहेका गोल्छा, तापडीया, विराट र विराटनगर आँखा अस्पतालमा आउने अधिकांश सेवाग्राही भारतीय छन् ।

नोट बन्दीले स्वास्थ्य टिरिजमको रुपमा विकास हुदै गएको विराटनगरका अस्पतालहरुमा आउने सेवाग्राही समस्यामा छन् । नोट बन्दीले तत्काल भारतबाट आउने सेवाग्राहीको संख्यामा कमि नभएपनि दिर्घकालिन रुपमा भने गम्भिर असर गर्ने ठाकुर बताउँछन् ।

भारु २ सय ,५ सय र २ हजारका नोटमा लागेको प्रतिबन्धले सिमावर्ती बजार जोगवनीलाई प्रभाव पारेको छैन् । तर उपचार र पर्यटन क्षेत्रमा भने असर गरेको जोगवनीका व्यपारी मण्टु मण्डल बताउँछन् । रोटीबेटीको सम्बन्ध भएकाले पनि ठूला नोटमा लागेको प्रतिबन्धले असर गर्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर