RUMPUM
animated ellipse animated ellipse

दुर्घटनामा एक महिलाको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ पुष २०७५, बिहीबार २०:१५
3
Shares

विराटनगर / विराटनगरको बरगाछी नजिक कोशी राजमार्गमा सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।

आज साँझ भएको दुर्घटनामा परि मोरङको पथरी शनिश्चरे नगरपालिका १० की २२ वर्षिय हेमा कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ । काम विशेषले विराटनगर आएकी कार्की र उनका श्रीमान् २६ वर्षिय मनोज कार्की घर फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।

घाइते मनोजलाई स्थानीय लाइफ गार्ड अस्पतालमा भर्ना गरिएको बताइएकोछ । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को. २८. प ३८५६ नम्बरको मोटरसाइकल सडकको बीचमा लेन छुट्याउन राखिएको डिभाईडरमा ठोक्किएपछि दुर्घटना भएको बताए । उनका अनुसार डिभाईडरमा ठोक्किएपछि मोटरसाइकलको पछाडि सवार हेमा उछिट्एर सडकमा गुडिरहेको नेपाल आयल निगमको ना ७ ख ४६२३ नम्बरको ट्यांकर मुनि पुगेकी थिइन् ।

तीव्र गतिमा रहेको ट्यांकरले किचेर हिमाको मृत्यु भएको पोखरेलले बताए । इन्धन लोड भएको ट्यांकर दक्षिणबाट उत्तरतर्फ जाँदै थियो । ट्यांकर चालक दिपक भुजेल र ट्यांकरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

बेलुका सडकमा रहेका बिजुलीका खम्बामा बत्ती नरहनु र डिभाइडरमा रिफ्लेक्सन लाइट नहुँदा दुर्घटना हुने गरेको स्थानीयको भनाइ छ । पछिल्लो समय सडक विस्तारका क्रममा खम्बा छेउ लगाइएपनि त्यसमा बत्ती जडान हुनसकेको छैन। त्यसैगरि, अध्यारो र हुस्सुका कारण सवारी साधन गुडाउनेलाई नजिकको दृष्य हेर्न समेत असहज हुने गरेको स्थानीय बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर