AArya
RUMPUM
animated ellipse animated ellipse

विराट एक्पोको तयारी अन्तिम चरणमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ पुष २०७५, बुधबार २०:३४
3
Shares

विराटनगर / मोरङ व्यपार संघले आयोजना गर्ने े विराट एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । विराटगनर – २ स्थित विराटनगर अस्पतालदेखि पूव रहेको खाली मैदानमा शुक्रबारदेखि सञ्चालन हुने एक्पोको तयारी अन्तिम चरणमा पुगेको हो ।

स्टल धमाधम बुकिङ्ग हुँदै आएको छ । पुस ६ देखि १२ गतेसम्म संचालन हुने उक्त एक्स्पोमा राखिने स्टलहरू धमाधम बुकिङ्ग हुँदै आएको हो । २ सय ३० वटा स्टल बुक भएको एक्स्पो तथा प्रदर्शनी समितिका संयोजक अनुपम राठीले जानकारी दिए ।

एक साता सम्म संचालन हुने एक्स्पोमा २ सय ३८ वटा स्टल रहने छ । जसमध्धे अधिकाशं स्टलहरू बुक भइसकेको राठीले बताए । ‘बुक भएको स्टल कम्पनीहरूले सजावटको काम थालिसकेका छन्,’ राठीले भने, ‘यस वर्ष हुने मेला वगतको वर्षहरूमा भन्दा भव्य र सभ्य हुनेछ ।’ बुक गरिएको प्रत्येक स्टलको मुल्य आयोजकले ३० हजार रुपैयाँ राखेको छ ।

एक्स्पोमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, चाइनालगायत मुलुकहरूको उत्पादित बस्तु तथा सेवालाई सहभागि गराईने बताइएको छ ।

एक्स्पोमा ३ लाखले अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ । एक करोड भन्दा बढी लगानी गरेर आयोजना गर्न लागिएको एक्स्पोमा ३० करोेड बढीको कारोवार गर्न सकिने राठीले बताए ।

एक्स्पोमा दर्शकहरुको मनोविज्ञानलाई महशुस गरेर वालवालिका खेल्ने स्थान, मनोरञ्जन स्थल, युवाहरुलाई केन्द्रीत गरेर सांस्कृतिक कार्यक्रम स्थल र वस्तु विक्री स्थल गरेर विभिन्न भागमा विभाजन गरिएको छ ।
एक्स्पोमा अटोमोवाइल्स, बैंक तथा बित्तीय संस्था, मोबाइल इलेक्ट्रोनिक्स तथा सूचनाप्रविधि, निर्माण सामग्री, अन्तर्राष्ट्रिय औद्योगिक उपकरण, खाद्यान्न, कपडा कृषि तथा जडिबुटी आदि प्रदर्शनकालागि राखिने छन् ।

एक्स्पोले आर्थिक कारोवार वृद्धि हुने र औद्योगिक वातावरणलाई सकारात्मक दिशामा लैजानकालागि उत्प्रेरणा मिल्ने आयोजकको विश्वास छ । एक्स्पोको तयारी समेत अन्तिम चरणमा पुगेको छ । नेपालका उत्पादन तथा नेपालमा खपत हुने उपभोग्य र औद्योगिक वस्तुहरुको प्रवद्र्धनकालागि एक्स्पो महत्वपूर्ण हुने मोरङ व्यापार संघका अध्यक्ष पवन सारडाले बताए ।

यसपटक एक्स्पोमा जर्मन प्रविधीद्धारा प्रयोग गरिएका स्टलका निर्माण हुँदैछ । मेलामा हुन सक्ने चोरी, हुल हुज्जत गर्नेलाई सजिलै पहिचान गर्न सजिलो होस भन्ने उद्देश्यले १ सय भन्दा बढी सिसी क्यामारा जडान गरिएको नेपाल उद्योग वाणिज्य महासङ्घ मेला समितिका सदस्य ललित सिङ्खडाले जानकारी दिए । उनका अनुसार भीडलाई व्यावस्थित पार्न ५० भन्दा बढी निजी सुरक्षाकर्मी परिचलान गरिने समेत तयारी थालेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर