AArya
RUMPUM
animated ellipse animated ellipse

करणीको आरोपमा ७० वर्षका बृद्ध पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ पुष २०७५, बुधबार १३:१९
3
Shares

उदयपुर/  जबरजस्ती करणीको आरोपमा प्रहरीले एक बृद्धलाई पक्राउ गरेको छ ।

त्रियुगा नगरपालिका ७ गुण्टेका ७० वर्षिय बृद्ध भतुरमान भन्ने भट्टु दनुवारले २० वर्षीय यूवतीलाई करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरिएको हो ।

दनुवारले शारीरिक रुपमा असक्त रहेकी ती यूवतीलाई घर नजिकै रहेको खोल्सामा लगेर करणी गरेको भनि पिडितको आमाले दिएको जाहेरीको आधारमा पक्राउ गरेको हो । पक्राउ परेका दनुवारलाई प्रहरीको नियन्त्रणमा राखि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर