AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरका सुन पसलमा अबैध वितिय कारोवार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ पुष २०७५, सोमबार २०:३०
3
Shares

विराटनगर / विराटनगरमा खुलेका सुनचाँदी पसलले अबैध रुपमा वितिय कारोवार गर्ने गरेको पाइएको छ ।

सुनचाँदीको कारोवार गर्नेगरी खुलेका सुनचादी पसलले अबैध रुपमा वितिय कारोवार पनि गर्ने गरेको पाइएको हो । गत शनिवार सर्बसाधरण र बैंकको करिब ४२ करोड रुपैया रकम उठाएर सुन चा“दी पसल सञ्चालन गरिरहेका शिशु भन्ने सन्तोष बेगवानी परिवार सहित भारत भागेपछि अबैध रुपमा वितिय कारोवार हुने गरेको खुलेको हो ।

बितिय कारोवारकालागि राष्ट्रबैंकबाट अनिवार्य रुपमा अनुमति लिनुपर्छ । तर विराटनगरमा सञ्चालित अधिकांश सुन पसलले अबैध रुपमा कारोवार गरिरहेका छन् । राष्ट्र बैंक प्रदेश कार्यालय विराटनगरका प्रमुख विनोद आचार्य सुन पसलमा वितिय कारोवार गर्नु अबैध भएको बताए । उनले कारोवार गर्ने गरेको पाए प्रशासनले कारवाही गर्न सक्ने बताए ।

सुन पसल सञ्चालनको अनुमति र अनुगमन गर्ने दाहित्व बाणिज्य कार्यालयको हुन्छ । बाणिज्य कार्यालय विराटनगरका नायबसुब्बा कुमार दाहाल अनुगमनका क्रममा सुन पसलमा वितिय कारोवार हुने गरेको नभेटिने गरेको बताउछन् । उनले पसलहरुले लुकाएर कारोवार गर्ने गरेको बताए ।

विराटनगरमा ७५ वटा सुनचादी पसलहरु सञ्चालनमा छन् । सञ्चानलमा रहेका मध्ये अधिकासंको कारोवार सुन धितो राखेर ऋण दिने छ । छिटो र सजिलो भएका कारण सर्बसाधरण बैंक तथा सहकारी भन्दापनि सुनचा“दी पसलमा सुन राखेर ऋण लिने गरेको जानकारहरु बताउँछन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठ अबैध रुपमा वितिय कारोवार गर्न नहुने बताउँदै कारोवार गरिएएको भटिए कारवाही गरिने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर